२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपाली कांग्रेस

केन्द्रीय कार्यसम्पादन समिति बैठक : 'महाधिबेशन सम्बन्धमा छलफल हुने'

सोमवार , पौष २१, २०८२

 

काठमाडौं , पुस । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ । पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने जानकारी दिए।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहनेछ। महाधिवेशनको विषयलाई कांग्रेसभित्र आन्तरिक मतभेद बढ्दै गएको छ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने घोषणा गरेपछि बसेको शुक्रबार बसेको कार्यसम्पादन समिति बैठकले पार्टीको १५ औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म गर्ने प्रस्ताव पारित गरेको छ ।

कांग्रेसको विधान अनुसार कूल प्रतिनिधिको ४० प्रतिशतले माग गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने प्रावधान छ ।

कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै केन्द्रीय कार्यालयमा निवेदन दिएका थिए ।

तर, नियमित महाधिवेशनको कार्यतालिका आएपछि विशेष महाधिवेशनको हस्ताक्षर स्वत खारेज भएको संस्थापन पक्षको माग छ भने थापा र शर्माले भने निर्धारित मितिमा नियमित महाधिवेशन नभएकाले विशेष महाधिवेशन गर्नै पर्ने बताए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार