२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सामाजिक सञ्जालका हो- हल्ला

अध्यक्ष प्रचण्डले भने : ' हो - हल्ला गर्ने मुक्तिदाता हुन् भन्ने भ्रम '

मंगलवार , पौष १५, २०८२

 

काठमाडौं, पुस । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जालमा हो-हल्ला गर्नेहरु नै मुक्तिदाता हुन् भन्ने भ्रम परेको बताएका छन्।

मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले दशकौँ लडाइँ गरेर त्याग र तपस्या, विचार र निष्ठाका कीर्तिमान राखेकाहरुलाई बदनाम गर्दै सामाजिक सञ्जालमा हो- हल्ला गर्नेहरु नै मुक्तिदाता हुन् भन्ने भ्रम परेको बताएका हुन्।

अहिले विचारविहीन, इतिहासविहीन, त्याग तपस्या बलिदान र निष्ठाविहीनहरूले नेपाल पूरै कब्जा गरिसके भनेको जस्तो गरि सामाजिक सञ्जालमा प्रस्तुत गर्न खोजेको उनको दाबी छ।

प्रचण्डले सहर बजारमा गरे जस्तो हल्ला सत्य नभएको र जनतामा अहिले पनि नेकपा र आफूहरूले गरेको पार्टी एकताप्रति सकारात्मक भाव रहेको जस्तो आफूहरूलाई महशुस भएको धारणा राखे ।

उनले सामाजिक सञ्जालमा हल्ला गरे जस्तो परिस्थिति अहिले नरहेको जिकिर गरे ।

त्यस्तै उनले अहिले सूचना प्रविधिको प्रभाव, प्रभुत्व, स्वामित्व प्रतिक्रियावादी शक्तिहरूको हातमा रहेको र उनीहरूले चाहे जस्तै गरि प्रयोग भइरहेको बताए। उनले सामाजिक सञ्जालमा रमाएर नेपाल कव्जा गरेको ठान्नेहरु बिरुद्ध जनता एक भएर लाग्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार