काठमाडौं, पुस । नेपाली कांग्रेसले राष्ट्रिय सभाको अधिवेशन बोलाउन माग गरेको छ।
आज राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग प्रमुख सचेतक कृष्णबहादुर रोकाय नेतृत्वको टोलीले भेटेर कांग्रेस संसदीय दलको निर्णयबारे जानकारी गराउँदै अविलम्ब बोलाउन माग गरेको हो।
पुस १० गते बसेको कांग्रेस संसदीय दलको बैठकले देशमा बदलिएको राजनीतिक विषम परिस्थितिमा असंवैधानिक ढङ्गबाट प्रतिनिधिसभा विघटन भएको भन्दै राष्ट्रियसभाको अधिवेशन आह्वान गर्न माग गर्ने निर्णय भएको थियो।
जनताका आवाज उठाउने सार्वभौम संघीय संसद्अन्तर्गत राष्ट्रिय सभा मात्र कायम रहेको हुँदा राष्ट्रियसभाको बैठक बस्न आवश्यक भएकाले अविलम्ब राष्ट्रियसभाको अधिवेशन आह्वान गर्न कांग्रेसले माग गरेको थियो ।