२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपाली राजनीतिमा बज्रपात

बुधवार , बैशाख १०, २०७७

 
संसारमा मानव अस्तित्वनै संकटमा परिरहेको बेला र नेपालमा लकडाउनको बाध्यकारी चपेट अनि अव्यवस्थित प्रशासनिक ब्यबस्थापनले जनजीवनमा हाहाकार र कोलाहल उत्पन्न गराईरहेको बेलामा यत्रो कष्ट र त्रासदीपूर्ण यात्रा पार गरि स्थापित भएको लोकतान्त्रिक/गणतान्त्रिक/प्रजातान्त्रिक अभ्यास तथा प्रणालीनै धरापमा पारी कं. के.पी. ओलीले जुन राजनैतिक आतंक सृजना गरेर राजनीति बृत मात्र नभएर समग्र राष्ट्रलाई तरंगित तुल्याएकाछन।यसले उनको राजनैतिक धरातलमा अलिकति बचेकुचेको अस्तित्वको तिलान्जली त गरायोनै। त्यो भन्दा पनि आफुलाई इतिहासमा अक्ष्याम्य खलनायकको रुपमा उभ्याउने तयारीमा अग्रसर बनाएका छन्।
उनीमा भष्मासुरको सपना जागृत भएर बिनाश र अधोगतीको यात्रा निम्त्याएको परिदृष्य आकलन भैरहेको छ। आफ्ना भ्रष्ट र निकृष्ट सल्लाहकारह र माफियाहरुको उस्काहटमा आएर जुन प्रकारको राजनैतिक संकट खडागरेर नेपाली कमुनिष्ट इतिहासको ग्रोबाचोव बन्दैछन, यसले नेपाल,नेपाली र कमुनिष्ट पाटी लगायत राजनिती वृत्तमा कसैको हित गर्नेछैन। उनको आफुभित्र रहेको अहमता, घमण्ड र अति प्रतिशोधी भावले उनलाई यो कदमलाई प्रेरित गरेको देखिन्छ। अर्को अझै महत्वपूर्ण कारणहो सहयात्री, सहयोध्द्धा र संवाहकहरुको अस्तित्वलाई कहिल्यै स्विकार्न नसक्नु, मिडियालाई सत्रुतापूर्ण दृष्टिकोण बाट हेर्नू, जनताबाट आएका सल्लाह, सुझाव एवं असन्तुष्टीलाई प्रतीकारात्मक तथा प्रतिशोधात्मक भाव राख्नु,राष्ट्रको कार्यकारी जस्तो पदको गरिमा, मर्यादा र हैसियतको कदर नगरी कानको कम्जोर भै भारदार बचाउ अभियानमा तल्लीन रहनुनै उनको यश यात्रा को ध्योतक मान्न सकिन्छ।
इतिहासमा जनताको यत्रो, साथ समर्थन र सहयोगले कार्यकारीको पद हासिल गरेको ब्यक्तिले आफुलाई केही समूह र ब्यक्तिको घेराबाट बाहिर निकाल्न नसकी सिमित राख्नु, राष्ट्र को प्रधानमन्त्री साबित गर्न असमर्थ हुनु,कर्ममा भन्दा शब्दको कटाक्षमा रमाउनु अनी त्यसलाईनै विजय ठान्नु, मनगणन्ते ठठ्यौली जुहारीमा रमाउनु, समय र कालको महत्त्व र निर्देशनलाई अनदेखी गर्नु लगायतका थुप्रै शैली र बानीहरु उनको साख खरानी बनाउने प्रत्युत्पादक तत्व मान्न सकिन्छ प्रधानमन्त्री के.पी. ओली ज्युका।
बिश्व महामारीको आतंकले आतंकित भैरहेको र त्यसले निम्त्याएको राष्ट्रिय संकटको कारण जनता चारदिवारी भित्र बन्दी भएको बेलालाई उपयुक्त ठानी बिरोधमा जनता सडकमा आउने अवस्थालाई अवसरमा रुपान्तरण ओलगरि यति हतारमा आफ्नै पाटी भित्रका महत्त्वपूर्ण इतिहास बोकेका हस्तिहरुको समेत बेवास्ता गरि केही आफ्ना गुटका पुजारी र द्वारपालहरुको सहयोग र समर्थनमा अध्याधेस पारित गराउनु र गरिनुलाई अवश्य शुभ संकेत तथा उपयुक्त कदम मान्न र भन्न सकिँदैन। राष्ट्र प्रमुखले प्र.म.को इसारामा मात्र आखामा पट्टी बाधेसरी समग्र कोर्सलाईनै समाप्त पारी राष्ट्रमा राष्ट्रिय दुर्घटनालाई निमन्त्रणा दिएको स्पष्ट देखिन्छ जो अतिनै निकृष्ट र निन्दनीय कार्य मान्न सकिन्छ।
यी कार्य र कदमले ने.क.पा.को अस्तित्वमा मात्र प्रश्नचिन्ह खडागरेको छैन वल्की समग्र राजनैतिक अस्तित्वनै धरापमा परेको छ। यसले निपथ्यको पर्खाईलाई मलजल समेत गरेको छ। जसले गर्दा अहिलेसम्मका परिवर्तनहरुको औचित्य माथि उठेका हजारौं अनुत्तरित प्रश्नहरु समेत यथावत राख्दै राजनीतिक रुपमा पूर्ण असफल राष्ट्र घोषणा गराउन सक्रिय भएको र संभावना बढेको छ। यदी त्यो अवस्थाबाट देशलाई जोगाउनेहो भने अब विलम्ब नगरी सबै राजनीतिक शक्तिहरु र राष्ट्रबादी नेपालीको एउटै तयार गरि संभावित घटनाको दरो निकास खोज्न नितान्त आवस्यकता देखिएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार