२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

दुई ठूला दल गठबन्धन

उपसभापति खड्काले भने : राजनीतिक स्थिरता भयो - ' सेवा प्रभावकारी भएन '

सोमवार , आषाढ ३०, २०८२

 

कर्णाली, असार । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले दुई ठूला राजनीतिक दलहरुको गठबन्धनले राजनीतिक स्थिरता भएपनि नागरिकहरुले सेवा प्रवाह प्रभावकारी नभएको गुनासो गर्दै आएको बताएका छन ।

नेपाली कांग्रेस सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपसभापति खड्काले तीनै तहका सरकार स्थिर हुँदा पनि काममा केही गुनासाहरु आउनुले सेवा प्रवाहमा सुधार आउन नसकेको बताएका हुन ।

उनले भने, ' सत्तामा रहेका राजननीतिकर्मीले नै असन्तुष्टि बाँड्ने काम गरेका छन् । यो जिम्मेवारीमा रहेका व्यक्ति तथा नेतृत्वको कमजोरी हो । '

उनले संविधान संशोधन, विकास निर्माणलाई तीव्रता दिँदै जनताका इच्छा र आकांक्षाअनुसार सरकारले प्रभावकारी काम गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ' राजनीतिकर्मी लोभबाट मुक्त हुनुप(यो । लोभबाट मुक्त भएको मान्छे डरबाट मुक्त हुन्छ । डरबाट मुक्त मानिस मात्र शिर ठाडो पारेर हिँड्न सक्छ ।'

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार