२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपाली कांग्रेस 

राजतन्त्र कहिलै आउँदैन : पक्षमा आन्दोलन गर्नु - ' बेकार हो '

राजावादी आन्दोलनको कुनै अर्थ छैन : सभापति देउवा

बिहिवार , जेठ २३, २०८२

 

जनकपुरधाम, जेठ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा राजावादीहरुले गरेको आन्दोलनको कुनै अर्थ नरहेको बताएका छन ।

जनकपुरधामस्थित विमानस्थलमा आज पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै सभापति देउवाले भने -' राजतन्त्र कहिलै आउँदैन, त्यसको पक्षमा आन्दोलन गर्नु बेकार हो ।

वर्तमान गठबन्धनको सरकारले आफ्नो पार्र्टीको सहमति अनुसार कार्य गरिरहको उल्लेख गर्दै सभापति देउवाले अहिलेको सरकारले ल्याएको बजेटले सबै पक्षलाई समेटेको तथा सन्तुलित भएको बताए ।

कांग्रेस र एमाले सम्मिलित वर्तमान सरकार आगामी  निर्वाचन २०८४ सालसम्म कायम रहने र जथाभावी हल्लाको पछाडि नलाग्न उनले सबैलाई आग्रह गरे ।

नेपाली कांग्रेसका नेता ठाकुरप्रसाद ढुगाङ््नाको आज धनुषाधाममा आयोजित ६२औँ स्मृतिसभा, शालिक अनावरण र उहाँका बारेमा लेखिएको पुस्तकको विमोचनसहितका कार्यक्रममा सहभागी हुन सभापति देउवा आज जनकपुरधाम आएका हुन ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार