२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

कोपिला : "डाली"

बुधवार , बैशाख ३, २०७७

 
 
कोपिला#१
 
न चाहेर पाएँ उनको साथ
सात समुद्रपारि राखेकोछु मुटु
न धाएर पाएँ उनको साथ ।
 
काेपिला#२
 
आँशुले धुन्छ मनको ब्यथा
स्वार्थले भरिएको दुनियाँ छ यो
कसले सुन्छ र मनको ब्यथा ।
 
काेपिला#३
 
आउँछु भनी पर्खाए, आएनन्
आँखा थाकुन्जेल बाटो हेरेर बसिरहेँ
गएकै बाटो फर्काए, आएनन् ।
 
काेपिला#४
 
बेथा धेरै छ्न् मेरा कहिले खोलिनँ
तिमी ब्यस्त मस्त थियौ आफ्नै सन्सारमा
गल्ती मेरै औँल्यायाै तर बोलिनँ ।
 
काेपिला#५
 
शरीफ छु बिशाल हृदय छ के गरु ?
आखिर हुनेखानेकै चर्चा हुदोरहेछ सबैतिर
गरिब छु अबस्था दयनिय छ के गरु ?
 
भरतपुर, नेपाल ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार