कोरोनाको त्रास कायम छ ! मन्त्रीहरुको आश्वासन पनि कायमै छ !! भट्टराई मन्त्रीले त सुरुमै भन्नुभकै हो - यसले हामिलाई असर गर्दैन भनेर !! भेडा जनताले नपत्याएका मात्र हुन !! यसलाई सजिलै रोक्न सकिन्छ !! अरु कुनै औसधि चाहिन्न स्वदेशी जडिबुटी नै काफी छ ! प्रयोग गर्न मात्र जान्नुपर्छ !!
** ** **
मनमोहन अधिकारिको सरकारको कुरो ! बहिनी कल्पाको हातको अप्रेसनका लागि फ्रेस ब्लड दिन ग्रुप मिल्ने तोया गड्तौला र म कैलाश मोहपालको सिलिगुडी क्लिनिक पुगेको बेला झापाका गौतम थरका कमरेड कुनै अर्को कमरेडको भाचिएको हातको प्लास्टर गर्न खाध्य सस्थानको जिप लिएर पुग्नु भएको रैछ !! बिर्तामोड सम्म ल्याईदिने उहाँको कर मिश्रित आग्रहलाई स्विकार्दै जिप चढियो !! फर्किने बेलामा कमरेडले हट्केस किन्ने कुरो गरेपछी एउटा पसलमा पसियो !
- अच्छावाला हटकेस दिखाईए ! बङालीले देखायो !!
- कितने दिन तक ताजा रहेगा ??
- यहि दो तीन घन्टे तक !!
- ऐसा नहि !! हमको तो दो तीन दिन तक ताजा रहने खालको चाहिए ! अभि नेपालमे हमारा सरकार है ! हम सरकारका आदमी जनताके सेवाके लिए रातदिन घर बाहिर रहना पड्ता है कभी कभी तो दो तीन दिन तक !! वैसा दिखाईए !!
बङालिले अजिव नजरले हेर्दै बिस्तारै बोल्यो - नहि है ! आगे देखिए !!
- दुई चार पसल डुलियो ! कुरो उही - दो तीन दिन तक ताजा !!
स्यालको सिङ भेटिएन !! कमरेडलाई सामान किन्नु भन्दा पनि window shopping गर्नु थियो !! फोकट्को सरकारी गाडी !! मामा कि घोडी ! मेरि हिहि .....
अब कमरेडले टिभी लाने कुरो निकाल्नु भो ! टिभिको त भन्सार लाग्ला नि भन्ने मेरो जिज्ञासामा कमरेडले यस्तो प्रबचन दिनु भो -
के को भन्सार ? हिजो हामिलाई देख्नेबित्तिकै - के सेवा गरौं हजुर ? भन्दै थुरथुर काप्दै नमस्कार गर्न आको थियो ! त्यसको अाँट हुन्छ ? हामी सग भन्सार काट्ने ! जागीर खानु छैन त्यसलाई ? ड्राइभरले ओठ लेप्र्यायो !!
अनि आफ्नो सरकार छ भन्दैमा कर्मचारी तर्साएर भन्सार नतिरी सामान लान पाईन्छ त कमरेड ? मैले हल्का चिमोट्ने प्रयत्न गरें !! गैंडा चिमोटेर के हुन्थ्यो र ? कमरेडको क्रान्तिकारि प्रबचन जारी रह्यो - अहिले जनताको सरकार छ ! हामी जनताका सेवक !! जाबो एउटा टिभिको पनि भन्सार तिर्ने हामिले !!!
यस्तै हावा फुर्ती हो भने त तपाईंको सरकारको आयु लामो देखिन है कमरेड मैले त !! फेरि पनि चिमोटी टोपलें !! दुई चार पसल घुमियो कतै मोल नमिल्ने कतै मोडल !! जे होस कमरेड गौतमले भरपुर मनोरञ्जन दिईरहनु भएको थियो !! सिलिगुडी बाट भद्रपुर आईपुगेर फेरि उतै पुग्ने बेला सम्म हामी हङकङ मार्केट्को window shopping मै ब्यस्त थियौं !! अगाडि बसेर कमरेड ड्राइभरलाई दायाँ ! बायाँ !! ब्रेक ! हर्न !! आस्ते !! लाखे भन्दै निर्देशन दिदै गर्दा ड्राइभरले स्टेयरिङ छोडेर - लु आफैं कुदाउनुस !! भन्दा हाँसोको फोहरा नै छुट्यो !! त्यसपछि केही समयका लागि ram is a good boy हुनुभो !!
बल्ल तल्ल सिलिगुडी छोडियो ! सायद दुर्गा पुजाको समय थियो ! बाटोमा चन्दा माग्नेको बिगबिगी !! समुह अनुसार १०/ २० ले टार्दै हुनुहुन्थ्यो कमरेड !! बिचबिचमा चन्दा समुहलाई संतुस्ठ पार्न सकेकोमा आफ्नो बखान आफैं गर्न समेत चुक्नु हुन्थेन !!! चौधरी ड्राइभर हो मा हो मिलाउथ्यो व्यंग्यात्मक मुस्कानका साथ !!!
नक्सल आसपास आएपछि एउटा समुह भेटियो ! कमरेडले २० निकाल्नु भो ! बङाली जङियो - आमि पुजार जन्य चन्दा माग्छी ! सादाजन्य नाइँ !! एईटा कि कोर्छिन दादा ?? ( हामिले पुजाको लागि चंदा मागेको हो ! खैनी खान हैन !! यो के गरेको दाजु ?)
हामीलाई लिफ्ट दिनुको कारण सरकारको रोब देखाउन रैछ भन्ने लागेको म कमरेडको मपाईपन बाट दिक्क !! तोया , म र हात भाचिएको कमरेड पछिल्लो सिटमा सुरक्षित !! कुटाई खाए कमरेडले खाने !! मलाई उपद्रो जाग्यो !!!
- तैंले राख्न देको छ ? चिनेको छ हामी को हौं ? हाम्रो सरकार छ नेपालमा अहिले !! हामी सरकारका मान्छे हौं !! दिन्नौ जा के गर्छस !! नेपालीमा धाराप्रवाह दिएँ मैले पनि !!! म बम्केको त बाँदर लाई लिस्नु जस्तो पो भएछ !! उहाँले पनि बाम तताई देखाईहाल्नु भो !!
लौ मारो !! बङाली त झन ठुलो बाम निस्कियो !! गौतम कमरेडलाई सिट बाट तानेर कुनामा लग्यो !! आफुले पनि भेटिन्छ कि भन्ने डर पनि लाग्यो !!! धन्न ! कमरेड फर्किनु भो !!
- के भन्यो बङालिले ?
- के भन्नू नि ? मोरोलाई ठिक पारिहाले नि !! देखो भाइ ! तुमलोग भि कम्युनिस्ट हम भि कम्युनिस्ट !! ईधर तुम्हारा सरकार है उधर हमारा सरकार है !! कम्युनिस्ट कम्युनिस्ट दाजुभाइ जैसा होना पड्ता है भनेको त हात पो मिलाएर पठायो के को पैसा लिनु ???
राम जाने ! कुनामा जे भए पनि उहाँको गफले थप मनोरञ्जन प्राप्त भो !!!!
** ** **
अल्पमतको सरकार हुँदा त त्यत्रो तातेको कम्युनिस्ट लाई एक्लै फकाएर शान्त पार्न सक्ने गौतम जस्ता कमरेड हुनुहुन्छ हामी सग ! झन अहिले दुई तिहाईमा त कति कति ?? सबै कमरेडलाई चाईना बोर्डरमा राखौं र भन्न लगाउ - हेर भाई ! कोरोना !!! तिमी पनि कम्युनिस्ट ! हामी पनि कम्युनिस्ट !! उता तिम्रो सरकार छ ! यता हाम्रो सरकार छ !!! तिमी हामी दाजुभाइ हौं मिलेर बस्नुपर्छ !! तिमी उतै बस हामी यतै राज गर्छौ !!!
सबै कमरेड मिलेर यति भन्दा कोरोनाले नमान्ने कुरै छैन ! भाषाको समस्या हुनसक्छ त्यसका लागि कमरेड लीलामणि पौडेल अहिले फुर्सदमै हुनुहुन्छ क्यारे !! यो पहिलो उपाय हो !!
पत्रकार धमलालाई बोर्डरमा राखिदिने !
कोरोना जि ! तपाईं नेपालमा किन आउन चाहनु हुन्छ ? जनता जान्न चाहन्छन !! भनेर सोधेर दिमाग खल्बयाई दिने गरि कोरोनाको पछि लाईदिने ! धमलाको हमला पछि सम्भवत नेपाल पस्ने हिम्मत उसमा रहने छैन !!! दोस्रो उपाय !!!
यो पनि नभए तेस्रो विकल्प -
राम्रोसँग भन्दा पनि नमानेर जबर्जस्ति पस्न खोजे - रोसनिको कमि छैन मुलुकमा! एकाध ट्यालेन्ट रोसनी खोजेर जबर्जस्ति करणी मुद्दा हाल्दिने !! बरु रोग टरेपछी बाउ भन्दिने नि !!!
यिनै माथी उल्लेखित स्वदेशी जडिबुटीको प्रयोग बाट हामी सुरक्षित रहन सक्छौं !! सायद सरकारको कथन पनि यस्तै हुनुपर्छ !!!!