एकजना बृद्द आत्मा हुनुहुन्थ्यो हाम्रा छिमेकी!! गफ बढा रमाइला गर्ने! आफू पटक्कै नहाँस्ने तर उहाँका कुरा सुनेर हाँस्दा हाँस्दा मुखै बाउडिने आफ्नो चैं!
एक दिनको कुरो हो हामी चौतारामा बसेर बुढा पाकाका कुरा सुन्दै थियौं! बा टुप्लुक्क आइपुग्नु भो! उहाँ आएपछी माहौलनै फेरियो! हामी दंग पर्यौं!! के छ त बा हा खबर संगै बसेका अर्का बृद्द आत्माले सोध्नु भो! खतम छ कुरो!! किन र के भो त्यस्तो?? बुढी माइत गएकी एक महिना भो! आफै पकायो खायो!! तपाइको जस्तो सजिलो कहाँ छ र यो बुढेसकालमा! गाइ भैंसी आफै हेर, दुहुनु गाई छ खोले बनाउनै पर्यो!! हरियो घाँस दिनै पर्यो!!
किन जानू भा त आमै माइत??
भो हुन्दिनु!!! भन्नू न भन्नू!! उही त हो नि!! मुख अलि छिटो चल्छ मेरो!! कुरै कुरामा ससुराली पट्टिकालाइ अलि बढी भन्दिएं छु!! हुन पनि एकसरो सारीमा बिदा गर्या थिए उ बेला!! अनि यो उमेराँ आएर तथानाम भन्छन त नाति पनाति भैसक्या मान्छेले?? मेरा बाउ पट्टिका मान्छेलाइ पनि त बांकी राखिन नि त त्यसले! बनका गिठ्ठा बटुलेर छाक टार्ने जातका! पो भन्छे!! लोग्ने मान्छे लाई त्यसरी भन्छन त?? पुर्याकै थिएं क्यारे यतिका दिन!!
अनि बोलाउनु भएन त?? भो!! घुर्क्याएर हिडेकिलाइ बोलाउंदा लोग्नेमान्छेको जात जांदैन?? अनि छोरी बुहारी पनि संगै छैनन क्यारे!! खाना आफै बनाउंदै हुनुहुन्छ?? भांडा बर्तन पनि माझ्नै पर्यो होला!! फेरि अरुले पकाएर दिएको पनि खानु हुन्न क्यारे? के जिस्क्याउनु भा?? लोग्नेमान्छे भएर पनि भांडा माज्छ कोहि?? खान चाहिँ भगवानले मुख बनाइ दि हाले नपकाइ सुख पाइन! अनि जुठै भांडामा पकाउनु हुन्छ त?? कि हिडेकै दिन पकाएकोले पुगि राख्या छ?? ब्राम्हण त्यो पनि पुरेत्याइं गर्ने मान्छे, बासिभातै सेवन गर्ने त होइन होला??
होइन!! पकाउन त सधैं पकाइ राख्या छु!!
यतिका दिन पकाउन पुग्ने भांडाकुंडा रहेछन त घरमा??
के के गरें के के नि!!!
के के गर्नु भो त?? उत्सुकता थपिदै थियो!
सुरु सुरुमा त कुकरमा पकाएं तिनओटा जति कुकर रहेछ्न! कुनैमा सिठ्ठी लाग्ने कुनैमा नलाग्ने! नलागेका बेला अधकिल्चै खाएं! खानु परि गो!! त्यसपछी तपेस रहेछन गोडा चारेक!! माड काढेर पकाएं!! पानीको मात्रा मिलाउन नसकेर कत्रो जात्रा!! तपेस पनि सिद्दिए पछि आरि खोजें! छोराका बिहेका बेला गिफ्ट भन्छन नि हो त्यै बुहारिलाइ गिफ्ट दिएका आठ दसओटा आरि रचन! तिनमा पकाएं! डढेर भस्मै भा छ्न! खोइ के गर्छे बुढी आएपछी!! त्यस पछि पानी राख्ने दुइओटा स्टिलका जग भेटें!! भात अधमरो अधमरो भएपनी पाक्दो त रहेछ तर जग अब काम लाग्दैनन!! एकै पोको परिहाले नि!!
बा एकछिन सुस्ताउनु भो!! हामी हांसो थाम्न सकिराखेका थिएनौं! अब त भएभरका भांडा सिद्दिए त!! त्यसपछी चैं के मा पकाउनु भो त? एकपल्ट त पानीखाने अलि ठूलो ग्लास थियो त्यसैमा कोसिस गरें तर पाकेन!! आंचै पुग्दो रहेनछ पिंध सानू भएर!! दाउरा मात्र खेर गयो! गिलासको त कुरै नगरम!! अनि??
अनि के!! यसपछी को त भन्दिन!! तपाइंहरु मलाइ उडाउनु हुन्छ!!
किन?? के भो र?? ए न उडाउं है कसैले!! भन्न्नु त बा भन्नू!!
केही सीप नलागे पछि भंडार तिर छिरें केही भेटिइ हाल्छ कि न भनेर!! कन्यादानका बेला बुहारिको खुट्टा धोएर बुहारिसंगै आएको बढेमाको खड्कुलो रहेछ! त्यसैमा आँखा पर्यो!!
ए बा! बहुलाउनु भो कि क्या हो!! एकजना मान्छेलाइ भात पकाउन खडकुलो? त्यो त एकजनालाइ त बोक्नै पनि गार्हो हुन्छ त!!
निकालें नि बाहिर ठसठसी कन्दै!! मरता क्या नकरता!! खानु त परि गो!! अनि?? अग्यानुमा कोल्टे पारें खड्कुलो लाई र पकाएं!! एक छाक त पाकी गो!! फेरि बुद्दी लगाएं!! अर्को छाकको पाली खड्कुलोलाइ अलिकती घुमाइ दिएं! पहिले पकाएको ठाउँ अलि मास्तिर सर्यो!! खाली ठाउमा फेरि चामल हाले र पकाएं! एबम रितले सात छाक जति त त्यसै गरि खड्कुलो घुमाइ घुमाइ पकाइसकें! अब एक छाक पकाउने ठाउँ छ भरेलाइ!! भरे सम्म पनि बुढी आइन भने चैं मलाइ फसाद छ!!! त्यसो भए भोलि बाटचैं के गर्नु हुन्छ त??, भांडा माझ्नु हुन्छ?? भांडा त के माझ्थें!! भो!! अनि भोकै बस्ने त?? केही सीप लागेन भने ससुराली जान्छु!! बुढी त ल्याउनै पर्यो!! हरे शिव!!! अनि पहिल्यै किन नगाको त? सितिमिती लत्र्याकलुत्रुक त भैहाल्नु भएन नि त!! हेप्छन फेरि!!
भगवन!!! कति हांस्नु!!! सौ चुहे खाकर बिल्ली हजको चली!! यो लकडाउनका बेलाका लोग्ने मान्छे र ती बुढाको स्थिती उही जस्तो लाग्छ मलाइ!!