२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

काठमाडौँ उपत्यका

उपत्यकामा पर्याप्त वर्षा नहुँदा आकाश खुलेन : ' वायु प्रदूषण बढ्यो '

आइतवार , फाल्गुण २५, २०८१

 

काठमाडौँ, फागुन । पर्याप्त वर्षा नहुँदा काठमाडौँ उपत्यकाको आकाशमा डम्म बादल लगेको छ भने वायु प्रदूषण पनि बढेको छ । मौसम पूर्वानुमान माहाशाखाले स्थानीय वायुको प्रभाव र पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण वर्षा हुन नसकेको मौसमविद् विनु महर्जनले बताएकी छन ।

मुलुकको केही भागमा हिमपात र हल्का मात्र वर्षा भएको छ, तर प्रदूषण हट्ने गरी वर्षा भएको छैन, उनले भने, अझै तीन दिन यस्तै हुने देखिन्छ । एयर क्वालिटि इन्डेक्सका अनुसार आज काठमाडौँ विश्वको पाचौँ प्रदूषित सहरका रुपमा सुचीकृत भएको छ ।

आज यहाँको वायु प्रदूषण एक सय ६३ एक्युआई पुगेको छ । विश्वको सबैभन्दा बढी प्रदूषित सहरको रुपमा भियतनामको राजधानी हनोई सहर सुचीकृत भएको छ भने दोस्रोमा चीनको बेइजिङ परेको छ ।

तेस्रो प्रदूषित सहर बङ्गलादेशको ढाका तथा चौथो स्थानमा भारतको नयाँदिल्ली रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार