काठमाडौँ, भदौ ।
जलवायु न्याय दिलाउने आश्वासनसहित संयुक्त राष्ट्रसंघ अन्तर्गतको क्षति तथा नोक्सानी सम्बोधनका लागि कोषले नेपाललाई जवाफ पठाएको छ ।
कोषबाट आएको सकारात्मक जवाफ नेपालको लागि निकै महत्वपूर्ण रहेको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ ।
जवाफी पत्र सकारात्मक रहेको कोषका लागि अति कमविकसित मुलुकको तर्फबाट प्रतिनिधित्व गर्नु भएका नेपालका जलवायु विज्ञ डा.मञ्जित ढकालले जानकारी दिए ।
जवाफमा भोटेकोशी बाढीले नेपालमा गराएको विनासप्रति दुख व्यक्त गर्दै नेपालको पीडामा ऐक्यवद्धता जनाइएको छ । साथै नेपालको जलवायु न्यायको सम्बोधन गर्न बोर्ड बैडक छिटो बस्न अनुरोध गरिएको औँल्याइएको छ ।
विनाशको पीडाकाबीच पनि नेपाल सरकारले त्यसको प्रतिकार्यमा देखाएको तत्परताको उच्च सराहना कोषले गरेको छ ।