२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपाल कम्युनिष्ट पार्टी एमाले 

प्रधानमन्त्री ओली भन्छन् : " अध्यादेश जसरी पनि पारित हुन्छ "

सोमवार , फाल्गुण ५, २०८१

 

दाङ, फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश जसरी पनि पारित हुने बताएका छन् । एमालेले सोमबार घोराहीमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले देश विकासको यात्रा रोक्न कसैले नसक्ने धारणा व्यक्त गरेका हुन् ।

देश बदल्ने कामको नेतृत्व गर्ने जिम्मेवारी मेरो हो । यसमा कसैले अवरोध गर्न सक्दैन, प्रधानमन्त्री ओलीले भने,'अध्यादेश कसरी पारित हुन्छ, हेर्दै जानुहोला । यो देशको विकास गर्न ल्याएको हो । कसैले रोक्न मिल्दैन । संविधान संशोधनलाई लोकतन्त्र मास्न थालेको हल्ला चलाइए पनि एमाले हल्लाको पछि नदौडने उनले बताए ।

कान्तीपुर लेख्छ,  ' हिजो प्रचण्डले दरबारसँग सम्झौता गरेर लोकतन्त्र मास्न खोजेका हुन्,' उनले भने, 'अहिले उल्टै हामीलाई लोकतन्त्र मासेको आरोप लगाउने रु प्रचण्डको धेरै पोल खोल्न नपरोस् ।'

माओवादी अध्यक्ष पुष्पकमल दाहालले रातदिन थेगो जस्तै गरी सरकार ढल्छ भनिरहेको उल्लेख गर्दै उनले दाहाल जति बर्बराए पनि सरकार नढल्ने दाबी गरे ।

दाहालका अभिव्यक्तिलाई टिप्पणी गर्न बढी समय खर्चेका ओलीले दाहाललाई अर्काको काँधमा चढ्ने सपना अब नदेख्न चेतावनी दिए । जो सबैभन्दा ठूलो लुटेरा, उसैले अरूलाई आरोप लगाउने ?, उनले भने, 'अरूको सम्पत्ति लुट्ने, सेरा दरबार ग्वाम्मै खाने अनि अरूलाई दोषी देखाउने ? माओवादी, कांग्रेस, एमाले जनताले चिनिसकेका छन् ।'

सत्तापक्षका केही दलको साथ नपाएपछि सरकारले भूमिसम्बन्धी अध्यादेश तत्काल अघि नबढाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान बसेको सत्तापक्षीय दलको बैठकले भूमिसम्बन्धी अध्यादेश छाडेर अन्य पाँच अध्यादेशको पारित प्रक्रिया अघि बढाउने निर्णय लिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिए पनि संघ र प्रदेश कतै पनि सरकारमा सहभागी नभएको जसपा नेपालले भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने औपचारिक निर्णय गरेपछि सरकार अप्ठ्यारोमा परेको थियो ।

जसपा नेपालको निर्णय लगत्तै सरकारमै सहभागी लोसपाले पनि भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय गरेको थियो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार