भौतिकवाद र अध्यात्मको सहयात्रा मैले जाने बुझेसम्म भौतिक शब्दको परिभाषा दिनु पर्दा बिज्ञानले भौतिकवादका जुन शाखा अन्तर्गत प्रकृति वा त्यससम्बन्धी घट्ने घट्नाहरुको बारेमा अध्यन गर्दछ । त्यसलाई नै भौतिक भनिन्छ । अर्थात प्रकृतिमा रहेका हरेक बस्तुहरुको द्रब्य तथा उसको अन्यवल कृया प्रतिक्रिया हरुको बैज्ञानिक अध्यनलाई नै भौतिक भनिन्छ ।
भौतिक शब्द ग्रीक भाषाको शब्द फ्युसिस ( Physice ) बाट आएको हो, जसको अर्थ हुन्छ "प्रकृति" भौतिक बिज्ञानका पिता न्युटन हुँन, भौतिक शब्द वा भौतिक बिज्ञानलाई यति सजिलैसँग परिभाषित गर्न निक्कै कठिन छ ।
यसको क्षेत्र निक्कै बृहत भएका कारण यतिमै भौतिकवादलाई प्रष्ट पार्छु भन्नू मुर्खता होला तै पनि केही मुख्य कुराहरु छोट्करिमा यहाँ राख्ने चेष्टा गरे । भौतिक बिज्ञानका विभिन्न शाखाहरु छन ती मध्य मुख्य शाखाहरु जस्तै - यान्त्रिका, उष्मा, ध्वनी, प्रकाश्, चुम्बक र विद्युत हुन ।
विभिन्न बिद्द्वानहरुका अनुसार यो उर्जाको बिषय भएकाले यस अन्तर्गत उर्जाको रुपान्तरण र उसको द्रब्य सम्बन्धको बारेमा बिबेचना गरिन्छ । यस दुवारा प्रकृति जगत र उसको आन्तरिक क्रियाकलाप हरुको अध्यन गरिन्छ । जस्तै काल, स्थान, प्रकाश, गति, उष्मा, विद्युत, द्रव्य तथा ध्वनी आदि ।
आजको भौतिक बिज्ञानले प्राक्टिकलबाट जुन परिणाम निस्कन्छ त्यसैमा बिश्वास गर्दछ ।
परिणाम बिनाका सिद्धान्तहरुलाई आजको बिज्ञानले मान्यता दिएको छैन । त्यसैले आजको बिज्ञानको सामु अझै धेरै चुनौतिहरु बाकी छन । प्रकाशको इकाई फोटोन र पदार्थको अन्तिम कण परमाणु र परमाणु भित्रका इलेक्ट्रोन, प्रोट्रोन र न्युट्रोनभन्दा सूक्ष्म बस्तु आजको बिज्ञानको नजरमा छैन ।
यदि त्योभन्दा सूक्ष्म बस्तु अर्को छैन भने शात्रले आत्माको जिकिर किन गर्दछ ? मानिसको चेतनामा दया माया प्रेम रिस राग कसरी प्रबाह हुँन्छ र यो कुन तत्व हो ? आजको बिज्ञानले परमाणु र न्युक्लिअस पनि आफैमा द्रव्यमान छ भनिरहेको अवस्थामा आखिर त्यो त्यस्तो द्रव्यमान तत्व के हो ? सुक्रकिट भित्र के तेस्तो तत्व छ जसले यो जिवनको रुप धारण गर्दछ ?
त्यस कारणले त्योभन्दा पनि सुक्ष्म तत्व अझैं केही छ । खोज्न जरुरी छ । खोज अझै धेरै बाकी छ । त्यसैले अहिले नै यो बैज्ञानिक युगको सुरुवाती चरणमा नै पुनरजन्मको पुरुष र भगवान हुँनु नहुँनुको प्रमाण खोजेर ठुलै भौतिकबादी नबन्दा नै उत्तम होला ।
यो प्रोट्रोन, न्युट्रोन र इलेक्ट्रोन त प्रकृतिको गुण हो । यसलाई हाम्रो गिता ले सत्वगुण, तमगुण र रजगुण भनेर उहिल्यै ५ हजार बर्ष आगाडिनै भनेको छ । फोटोन प्रकाशको गुण हो यसलाई पनि ५ हजार बर्ष अगाडि नै कृष्णले अर्जुनलाई दिव्य दृष्टि दिएर देखाईसकेका छन । अब शास्त्र जिकिर गर्छ कि त्योभन्दा पनि सूक्ष्म तत्व आत्मा हो र आत्माभन्दा पनी सुक्ष्म तत्व परमात्मा हो ।
अब यति सूक्ष्म तत्वको प्रमाण मैले कसरी देखाउनु । पुनरजन्म र परमात्मा कुनै आखाले देखिने बस्तु होर मैले प्रमाण पेश गर्नलाई । यो त अन्तर आत्मामा आफैले महसुस गरिने तत्व हो । जसरी हावालाई शरीरले महसुस गरिन्छ ।
त्यसैगरी मृतुलाई सपनाले , परमात्मालाई आत्माले र पुनरजन्मलाई बिश्वासले महसुस गर्ने हो । फेरि कसरी महसुस गर्ने भन्ने कुरा आउला यसलाई बुझ्न र महसुस गर्नको लागि गहिरो योग साधनाको आवश्यकता पर्दछ ।
त्यसकारण बिज्ञान आफ्नो ठाउँ छ । ठिक छ । यसलाई मान्नु पर्छ । किनकी यसले मानव जिवनलाई निक्कै सहज बनाउदै ल्याएको छ । तर आजको यो बिज्ञानको शुरुवाती चरणमा नै सबै सकिसक्यो सबै मिलिसक्यो भेटिसक्यो भनेर बास्तबिक सत्यलाई बुझ्दै नबुझी हामी कट्टर भौतिकवादी हौं भन्दै पुनरजन्म र भगवान हुँनुको प्रमाण माग्दै यसै बिषयलाई हतियार बनाएर सत्य र धर्मको दोहन गर्ने मानसिकता लाई सावधान हुँन अनुरोध गर्दै बिदा हुँन्छु । सबैको जय होस ।