२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधिसभा बजेट छलफल

प्रमुख सचेतक लेखकले भने  :  " बजेटको मूल मान्यतामै त्रुटी, पुनर्लेखन गर्नुपर्छ "

बुधवार , आषाढ ६, २०८१

 

काठमाडौँ, असार । सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट मूल मान्यतामा नै त्रुटी रहेको प्रमुख प्रतिपक्षी कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताएका छन् । उनले भने,  ' बजेट पुनर्लेखन गर्नुपर्छ ।' 

नेपाली कांग्रेसका  प्रमुख सचेतक लेखकले संघीय संसद् भवनमा पत्रकारसँग बजेटबारे प्रतिक्रिया दिँदै  उक्त कुरा बताएका हुन । 

प्रमुख सचेतक लेखकले  भने, मन्त्रीहरूले आफ्नो(आफ्नो मन्त्रालयमा प्राप्त बजेटको अधिकांश हिस्सा आफ्नै क्षेत्रमा लैजाने, आफ्नै जिल्लामा लैजाने कुराले अपरिपक्व, गैरजिम्मेवार र दुरुपयोग गरेको पुष्टि भएको छ । 

बजेट विनियोजनमार्फत शक्ति र सत्ताको दुरुपयोग भएको बताउँदै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री वर्षमान पुनलाई मन्त्रालयहरूको बजेट पुनर्लेखन गर्न  पनि उनले सुझाए ।

‘बजेट कसले पायो र पाएन भन्ने भन्दा पनि बजेटको मूल मान्यतामा नै त्रुटी भयो ।' 

मन्त्रीजीहरूले आफ्नो(आफ्नो मन्त्रालयमा प्राप्त बजेटको अधिकांश हिस्सा आफ्नै क्षेत्रमा लैजाने, आफ्नै जिल्लामा लैजाने कुराले ज्यादा अपरिपक्व, गैरजिम्मेवार र अत्यन्त ज्यादा दुरुपयोग भयो । 

यो शक्तिको पनि दुरुपयोग हो, सत्ताको पनि दुरुपयोग हो,' लेखकले भने, 'प्रतिपक्ष त झन् संयमित छ, सत्तापक्षको स्थिति जुन देखिएको छ, यसले वास्तवमा प्रधानमन्त्रीले सम्बन्धित मन्त्रीहरूलाई बोलाएर यो बजेटलाई रिराइट गर्न लगाउनुपर्छ ।'

छलफलका क्रममा सदनमा कुरा उठिसकेपछि राजनीतिक र नैतिक दबाबमा प्रधानमन्त्री हुनुपर्ने लेखकको भनाइ थियो ।

प्रधानमन्त्रीले पनि केही गर्न खोज्नुभएको जस्तो, अर्थमन्त्रीले पनि केही गर्न खोज्नुभएको जस्तो देखिएको हो । तर मन्त्रालयगत विनियोजनमा जँदा ल' 

प्रधानमन्त्री र अर्थमन्त्रीले यो बजेट विनियोजनमा हस्तक्षेप गर्नुपर्छ । ती मन्त्रीलाई यो विनियोजन कसरी गर्नुभयो भनेर प्रश्न गर्नुपर्छ र मन्त्रालयको बजेट संशोधन गर्नुपर्छ । होइन भने प्रधानमन्त्री र अर्थमन्त्री नै यो बजेटमा बेठिक ढंगले वितरण गर्ने ढंगमा संलग्न हुनुहुथ्यो भन्ने निस्कर्षमा हामी पुग्छौँ ।’

सांसदहरूले मन्त्रालयगत विनियोजनका क्रममा बजेटका पुस्तक च्यात्नु र मौन धारण गर्नु सामान्य कुरा नभएको प्रमुख सचेतक लेखकको भनाइ थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार