२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

'मुलुकको विकासमा सबै एकजुट हुनुपर्छ' : नेता डा.कोईराला 

शुक्रवार , आषाढ १, २०८१



जनकपुरधाम, जेठ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले  मुलुकको आर्थिक, सामाजिक तथा लोकतन्त्रको संस्थागत विकासमा पार्टीका नेता तथा कायकर्ताका साथै सबै एकजुट भएर अगाडि बढनुपर्ने बताएका छन । 

आज जनकपुरधाम विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले मुलुक सङ्कटपूर्ण अवस्थाबाट गुज्रिरहेकाले आपसी सहकार्य र समन्वयबाट मुलुकको समृद्धिमा सबै लाग्नुपर्नेमा जोड दिए ।

नेता कोइरालाले पार्टीबाट रुष्ट भएका, निष्क्रिय नेता ताथ कार्यकतालाई पार्टीमा फर्किन आग्रह गरे । 

“कसैप्रति भेद्भाव नराखी मुलुकको आर्थिक, सामाजिक पक्षको विकास गर्दै लोकतन्त्रको संस्थागत विकास आवश्यक रहेका हामी सबै यसमा समर्पित हुनुपर्छ”, उनले भने । 

अहिले राजनीतिक अस्थिरताले देशको संवृद्धि र विकासमा समस्या आएकाले राजनीतिक स्थिरता आवश्यक रहेको नेता कोइरालाको भनाइ थियो ।
(

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार