फराकिलो छैन
ए बि सी सबैलाई अटाउन
यहाँ लसक्क मसक्क मस्किने
भमराहरु भुन्भुनाइ रहन्छन्
सायद फूल देख्छन् र होला।
झुपडी नै भएपनी
जिन्दगी र जगत प्रतिको
बलियो आशा र बिश्वासको
खामोले अडिएको छ
जस्को आड लाउदै
अँध्यारो आकाशमा
अनगिन्ती ताराहरु बिचमा
चम्किलो ताराको
खोजी नयनहरुले
गरिरहन्छ्न।
आँखी झ्यालबाट
चिह्याएर खुशीको स्पर्श महशुस
गरि नै रहन्छ्न
र मनमनै
सर्वस्व सुम्पिएर
सुखानुभुत पनि गरि रहन्छ
यो झुपडीले।
नशामा दौडिरहेका रगतहरुले
सुम्सुमाइ रहन्छन् चैनहरु
हावासँगै बगेर
ओठ हुँदै ओठै चुमेर फर्किन्छ्न
कसिलो गरि कस्छ्न रहर
दरिलो गरि उभिन्छ्न भरोसा ।
हो !!
यो झुपडी हो
तर
कहिले पनि जाडो हुन दिदैन
आकांक्षाहरुले बेरेर न्यानो पार्छ
जहाँ
तन फुकाएर इच्छा र रहरलाई
फिजाउन सक्छौ
कतै साघुरो हुने छैन
अह!!कतै उदासिनु पर्ने छैन
जीवन फूलहरु जस्तै खेल्नेछ्न
खुशी पुतलीहरु जस्तै उड्ने छन्
पारिलो घामले अभावहरु सेक्नेछ्न
ईश्वरले गराएको सृष्टि र सृजना
झुपडी भनेर कतै बिचलित नहुनु
यहाँ धेरैलाई आँगनीमा सम्हालेर
आशाका पातहरु पलाउन नदिदै
झुपडीको दैलोमा घडाहरु ठड्याएर
भबिस्यका जोर बत्ती जगमगाई रहेछन् ।
तिम्रा लागि
यो झुपडी अत्यन्तै फराकिलो छ
यो मेरो झुपडी
"मेरो मन"
मात्रै तिमीलाई पर्खी रहेछ।