२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधिसभा बैठक 

अध्यक्ष केसीले भने  : 'सरकार सहकारी ठग जोगाउँदै,  लोकतन्त्रमाथि आक्रमण  '

आइतवार , जेठ १३, २०८१

 

काठमाडौँ, जेठ । आज बसेको प्रतिनिधिसभा बैठकमा सहकारी ठगलाई जोगाएर सरकारले लोकतन्त्रमाथि आक्रमण गरेको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बताएका छन् । 

आइतबारको प्रतिनिधिसभा बैठकमा सांसद तथा मोर्चाका अध्यक्ष केसीले सरकारको नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव राख्दै  सरकारले सहकारी ठगेर मुलुकलाई बर्बाद पार्नेहरूलाई जोगाउने षड्यन्त्र गरिरहेको बताए ।

अध्यक्ष केसीले सरकारको नीति तथा कार्यक्रमलाई आफ्नो पार्टीले समर्थन नगर्ने पनि बताए ।

‘सहकारीमा ठगेर मुलुकलाई बर्बाद पार्नेहरुलाई सत्तापक्षले जोगाउन जुनखालको षड्यन्त्र गरिराखेको छ, यो लोकतन्त्रमाथिको आक्रमण हो । गणतन्त्रमाथिको आक्रमण हो । 

त्यसकारणले सत्ताधारीको जुन दुर्दशा छ, यसको राष्ट्रिय जनमोर्चाले घोर विरोध गर्छ । र यो नीति, कार्यक्रमलाई समर्थन गर्दैन । विरोध गर्छ ।’

अर्थमन्त्री वर्षमान पुनले कांग्रेसको नाराबाजीबीच आर्थिक सर्वेक्षण पेस गरेका छन् । 

सभामुख देवराज घिमिरेले प्रतिपक्षीको विरोधबीच सरकारको नीति तथा कार्यक्रममाथिको छलफल अगाडि बढाएका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार