२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

संसद्‍को गतिरोध अन्त्यकाे प्रयास

शीर्ष नेता बैठक बस्दै :' त्यसअघि 'प्रचण्ड' देउवा भेट्न बुढानीलकण्ठमा'

आइतवार , जेठ १३, २०८१

 

काठमाडौँ, जेठ । कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल बुढानीलकण्ठ पुगेका छन् । संसद्‍मा देखिएको गतिरोधलगायतका समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री दाहाल कांग्रेस सभापति देउवा निवासमै पुगेको उनको सचिवालयले जनाएको छ । 


केही बेरमा सत्ता पक्षले बोलाएको बैठकमा शीर्ष नेताहरू सहभागी हुँदैछन् । त्यसअघि कांग्रेस पनि आन्तरिक छलफलमा जुटिरहेको छ । 

सहकारी ठगी प्रकरणमा बनाउने भनिएको संसदीय छानबिन समितिको कार्यादेशको टुंगो नलाग्दा लामो समयदेखि संसद्मा गतिरोध देखिएको छ ।

कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम किटान गरेर कार्यादेश बनाउनुपर्ने माग राख्दै आएको छ । सत्ता पक्षले भने नाम किटान गरेर समिति बनाउन नसकिने अडान राख्दै आएको छ ।

कार्यादलको बैठकले शनिबार कम्पनीको नाम किटान गरेर जाने सहमति गरे पनि शीर्ष नेताहरूबाट टुंगो लागिसकेको छैन । 

आजको बैठकले सबै कार्यादेशको टुंगो लगाई संसदीय छानबिन समिति बनाउने निष्कर्ष निकाल्ने बताइएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार