पाउनुको त के कुरा गर्नु मैले गुमाउने भय छ खुशी !!
भन सबैलाई बाडेर मलाई दिन कति समय छ?
रिसाउनु र खुसाउनु हास्नु र रुनु स्वभाव मान्छेहरुका खुशी !!
देऊ नदेऊ भन्दिनँ भो तिम्रो मनको के तय छ?
रुन्छ्न फूलहरु जब चुडिन्छन पात र डालि डाली बाट खुशी !!
गाउनु गितहरु मिलन, बिछोडको जस्तो लय छ।
आज लडेर आफैं भुइँमा छु ,सहाराकोहात दिऊ कसरी खुशी !!
उपहारमा आँसु देऊ या माया तिम्रो जय जय छ ।