मेरी कविता!!
ठिक आजैको दिन
हराएकी थिइनँ
र त ऊनि बिनाको म
म हुनै सकिन
प्रिय कविता
एक होइन
दुई होइन
तिमी एक सय तिर्पन्न भएर
पलभरमै म बाट टाढिएकी थियौ
आज पनि म तिम्रो अभावमा
किताबको पानाहरुमा अक्षर बनेर
सजिन सकेकी छैन
कृतिको रूपमा ।
अपुरो छु
अधुरो छु
तिमी बिना
ए कविता ।।
## सम्पूर्ण साहित्य प्रेमीहरुमा बिश्व कविता दिवसको शुभकामना ।