२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

कबिता : मनका कुरा

बिहिवार , फाल्गुण २९, २०७६

 

म आसको सुर्य एक उदाउँ की भन्छु !!
म पासोको पन्छी एक उडाउँ की भन्छु !!

संस्कारको नेल अनि समाजको जेल अनेक
म बन्धनको डोरी हरेक चुडाउँ की भन्छु !!

हरेक छाल जीवनका टुटाउँछन् भरोसा ती
म जीवनको डुंगा एक मुडाउँ की भन्छु !!

न रहरभो न त भरभो,जीवन अर्कैको यो करभो
जीवनरथ यो आफ्नै पथमा गुडाउँकी भन्छु !!

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार