२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेकपा माओवादी केन्द्र

अब सरकारमा आउने : " समर्थन फिर्ता नलिँनेबारे छलफल "

प्रधानमन्त्री दाहालले भने :‘ भ्रष्टाचारको कुन फाइल खोल्नु पर्‍यो म तयार छु’

सोमवार , बैशाख १८, २०८०

 

चितवन, बैशाख ।  प्रतिनिधिसभा उपनिर्बाचन सकिए लगत्तैराष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा आउो भएको छ । गृहजिल्ला चितवन पुगेका  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्रकार सम्मेलनमा  भने, सरकारलाई दिएको समर्थन फिर्ता नगर्ने बरु सामेल हुनेले बताएका छन् । 

सोमबार बिहान चितवन शिवनगरमा रहेको आफ्नो घरमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले भने,  ‘मैले उहाँ (रवि लामिछाने) सँग कुरा गरिसकेको छु । सरकारलाई दिएको समर्थन फिर्ता लिनु हुन्न, बरु सरकारमा आउने बारेमा छलफल चलिरहेको छ ।’

प्रधानमन्त्री दाहाल र लामिछानेबीच आइतबार मात्रै बालुवाटारमा भेटघाट भएको थियो । सोबारे भने उनले खुलाएनन् । प्रधानमन्त्री दाहालले थये, लामिछानेले सरकारमा आउनेबारे पार्टीमा सल्लाह गर्ने भनेर आफूलाई बताएको  पनि जानकारी दिएका छन । 

प्रधानमन्त्रीले भने,  ‘र मैले पनि गठबन्धनमा सल्लाह गरेर केही दिनपछि फेरि भेट्ने र टुंगोमा पुग्ने भन्ने छ । समर्थन फिर्ता लिने स्थिति बन्दैन,’ दाहालले भने । 

लामिछानेले पहिलेकै मन्त्रालय दाबी गर्नु स्वभाविक भए पनि त्यसैमा सो पार्टी नअडिने उनले बताए । गठबन्धनको पनि कुनै अडान नरहेको हुँदा रास्वपालाई दिने मन्त्रालय सहमतिमा टुंगिने उनले बताए । यो सरकार यता उता नहुने पाँच वर्ष नै टिक्ने दाहालको भनाइ थियो ।

रास्वपाले भनेका कुराहरु पनि सम्भव भएसम्म साझा नीति तथा कार्यक्रममा समावेश गर्न सरकार र गठबन्धनलाई कुनै अफ्ठ्यारो नभएको प्रधानमन्त्री दाहालले बताए । उनले थपे, ‘रविजी सरकारमा आउनुस् । 

भ्रष्टाचारको कुनचाहिँ फाइल खोल्नु पर्‍यो म तयार छु ।’ रवि लामिछाने चितवन–२ को उपचुनावमा अत्याधिक मतले विजयी भए पनि राणा शासनविरुद्ध संघर्ष, पञ्चायतको विरोध र लोकतन्त्रको आन्दोलन चलाएका दलहरुप्रति नै जनता आशावादी रहने र अन्य नतिजा बेला मौकामा देखिने आक्रोश मात्र भएको दाहालले बताए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार