२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपाली कांग्रेस 

कांग्रेस नेता सिंहले भने : ' राष्ट्रपति निर्वाचनपछि सत्ता समीकरण फेरबदल '

अहिलेको सत्ता गठबन्धन भत्कन सुरु

शनिवार , माघ २८, २०७९


दाङ, माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले अब नयाँ गठबन्धन बन्न सक्ने बताएका छन् ।  प्रेस युनियन दाङले शनिबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले  भने, नयाँ समीकरणको संकेत देखिन थालेको  छ ।  

उनले  थपे, राष्ट्रपति निर्वाचनसँगै यही अवस्थाको गठबन्धन कायम हुन नसक्ने अवस्था छ ।  अहिलेको सत्ता गठबन्धन भत्कन सुरु भइसकेको भन्दै उनले  भने, यसको टिकाउ धेरै समय  छैन ।  सुदूरपश्चिम, लुम्बिनीलगायतका प्रदेश सरकारबाट नयाँ गठबन्धनको संकेत आइसकेको छ । 

‘अहिलेको गठबन्धनमा समस्या बढेको प्रस्ट भइसकेको छ । प्रदेश सरकारमा त्यसको लक्षण देखिइसकेको छ,’ उनले भने, ‘अब नयाँ खालको समीकरण हुन सक्छ । राष्ट्रपति निर्वाचनपछि सत्ता समीकरण फेरबदल हुने सम्भावना देखिन्छ ।’

विगतका निर्वाचन र सरकारमा पनि फरक- फरक समीकरण बन्ने र भत्कने क्रम जारी रहेकाले यस पटक पनि केही फेरबदल हुनसक्ने उनले बताए ।

‘हामीले यसअघिका निर्वाचन र सरकारमा विभिन्न खालका गठबन्धनको अभ्यास गरिसकेका छौं,’ उनले भने, ‘अब पनि यही गठबन्धन रहन्छ भन्ने छैन । पुरानै गठबन्धन फर्कने या नयाँ खालको बन्ने, जे पनि हुन सक्छ ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार