२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

कर्णाली प्रदेशसभा बैठक 

सांसद शाहीले भनिन् : " राजसंस्था हटाउने गलत निर्णयले नै देशमा अस्थिरता " 

मंगलवार , पौष १९, २०७९


सुर्खेत, पुस ।  राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कर्णाली प्रदेश सभा सदस्य सन्तोषी शाही ठकुरीले नेपालमा पहिचानको रुपमा हिन्दुराष्ट्र र अभिभावकको रुपमा राजसंस्था पूर्नस्थापना गर्न अग्रसर हुन सभामुख समक्ष आग्रह गरेकी छन् । 
कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठकमा बोल्दै उनले कर्णाली प्रदेश सभाबाट जनताको सेवा र बिकासका लागि पार्टीको आखाबाट नहेरी सबै एकढिक्का भएर अगाडी बढ्न समेत आग्रह गरिन् ।
सांसद शाहीले जनताबाट निर्वाचित भएका सबैलाई शुभकामना दिदै, नेपाल एकिकरणको घटना र सहिदहरुलाई सम्झदै सांसदको भूमिका निर्वाह गर्ने बचनबद्धता व्यक्त गरिन ।

पछिल्लो समय विदेशी हस्तक्षेप बढेको बताउँदै राजसंस्था हटाउने गलत निर्णयका कारण आज देशमा अस्थिरता बादलहरु ढगमगाईरहेको उनको भनाई छ । नेपालमा पहिचानको रुपमा हिन्दुराष्ट्र र अभिभावकको रुपमा राजसंस्था पूर्नस्थापना गर्न उनको जोड दिईन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार