२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

फरक भूमिका रूचाउने विपीन

मंगलवार , पौष ५, २०७९

काठमाडौँ,पुस। अभिनेता विपीन कार्की आफ्ना चरित्रमार्फत चिनिन्छन् । लूट, छड्के, पशुपतिप्रसाद, नाका, हरिलगायतमा उहाँले निर्वाह गरेको चरित्रले पहिचान स्थापित ग¥यो । फिल्म जात्रा पश्चात मात्र दर्शकले चिन्न थालेता पनि जात्रैजात्रा, प्रसाद, सेल्फी किङमार्फत आफूसँगै चरित्रमा भिन्नता ल्याउन सफल अभिनेता कार्की रङ्गमञ्च हुँदै ठूलो पर्दामा स्थापित भएका हुन् । 

उहाँ वास्तविक उमेरभन्दा बढी देखिनुभएको छ । प्रायः अभिनेताले उमेरभन्दा बढीको भूमिका नकार्ने गर्छन् । “म चरित्र बाँच्ने कोसिस गर्छु । त्यहाँ म पात्र हुँ । मैले सहजै भूमिका स्वीकार्ने गर्छु”, अभिनेता कार्कीले भन्नुभयो, “निर्देशकहरू दर्शकको भावना, मेकअप आर्टिस्टको कामले गर्दा पनि फरक गेटअप दिन रुचाएको पाउँदिन ।

यद्यपि म भने फरकरुपमै आफूलाई प्रस्तुत गर्न चाहन्छु ।” उहाँ फिल्ममा दयाहङ राईको समेत अभिभावक बन्नुभएको छ । प्राविधिक कठिनाइले गर्दा आफूले चाहेको चरित्र अझै पर्दामा ल्याउन नसकेको उहाँको गुनासो छ । अभिनेता राई अभिनेता कार्कीको चरित्र निर्माण र त्यसमा बिताउने समयदेखि प्रभावित हुनुहुन्छ ।

“हामीले केही फिल्ममा सँगै काम गरेका छौँ । उहाँको चरित्रप्रतिको गम्भीरता र निर्माणमा गरेको मेहेनतले म जस्तो कलाकारलाई ऊर्जा दिन्छ”, अभिनेता राईले भन्नुभयो । अभिनेता राई र कार्कीले लूट सिरिज, जात्रैजात्रा र के घर के डेरामा सँगै काम गर्नुभएको छ । उहाँ दुई अभिनित पछिल्लो फिल्म फूलबारी आउँदो फागुन ५ गते प्रदर्शन हुँदैछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार