२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नयाँ सरकारका प्राथमिकता

मन्त्री कार्कीले भने : " गरिबी निवारण तथा बेरोजगारी समस्या न्यूनीकरण "

शुक्रवार , मंसिर १६, २०७९


काठमाडौँ, मंसिर । सुनसरी क्षेत्र नं ४ का नवनिर्वाचित सांसद एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशको गरिबी निवारण तथा बेरोजगारी समस्या न्यूनीकरण गर्ने अभियानमा अबको सरकार केन्द्रित हुने बताएका छन ।  
सुनसरीको बराह क्षेत्र नगरपालिका–७ स्थित सप्तकोशी बहुमुखी क्याम्पसको १२ औँ वार्षिक उत्सव कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै मन्त्री कार्कीले सो कुरा बताएका हुन । 
अब कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्ने र त्यो सरकारले देशमा रहेको गरिबी निवारण तथा बेरोजगारी समस्यालाई न्यूनीकरण गर्ने अभियानमा केन्द्रित हुने मन्त्री कार्कीले बताए । 
मन्त्री कार्कीले यस क्षेत्रका साथै देशको विकास, जनताको आर्थिक समृद्धि, रोजगारी सृजनाको लागि योजना बनाएर अगाडि बढने उल्लेख गरे ।  शिक्षामा सूचना प्रविधिको प्रयोगमा जोड दिएर योजना बनाउने उनले बताए । 
शिक्षा, स्वास्थ्य, विद्युत्, भौतिकलगायतको विकास निर्माणको कार्य पाँच वर्षमा सम्पन्न गरेर गरिबी निवारण र रोजगारीको कार्यक्रममा लागि पर्ने  उनले उल्लेख गरे । 
देश विकासका लागि पर्यटन, ऊर्जा, उद्योग, कृषिसहित सूचना प्रविधिसमेतको महत्वपूर्ण भूमिका हुने मन्त्री कार्कीले बताए । 
विद्यालय र क्याम्पसमा सूचना प्रविधिको काम भइराखेको तथा पेपरलेस प्रविधिको लागि काम भइरहेको मन्त्री कार्कीले जनाएका छन ।  वर्षमा दुई जना सप्तकोसी बहुमुखी क्याम्पमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिसमेत उपलब्ध गराउने मन्त्री कार्कीले प्रतिबद्धता व्यक्त गरे । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार