२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

तराई केन्द्रित निर्वाचन विश्लेषण

बिश्लेषक भन्छन : 'तराई केन्द्रित दलहरूको विभाजनले प्रमुख दल फाइदामा' 

सोमवार , कार्तिक २८, २०७९

वीरगञ्ज, कात्तिक । आगामी मंसिर ४  मा प्रतिनिधि तथा प्रदेशसभा निर्बाचनमा उमेद्वारी दिएका   मधेश केन्द्रित प्रभाव रहेका दलहरू फरक फरक गठबन्धनमा बाँडिएका कारण आउनसक्ने चुनावी नतिजाबारे आकलन, चासो  तथा बिश्लेषण सुरु भएका छन्। 
बीबीसी लेख्छ, तराई केन्द्रित दलहरूको विभाजनले प्रमुख राजनीतिक दललाई फाइदा पुगेको विश्लेषक हरेराम ठाकुर बताउँछन्। उनका अनुसार चुनावपछि तराई केन्द्रित दलको अवस्थाबारे दुई थरीका अनुमान गरिएका छन्।  
“२०७४ सालको निर्वाचनमा जुन जनलहर देखिएको थियो यसपालि भने खासै उत्साह देखिएको छैन। कोण सभा, सभा सम्मेलन वा भेटघाट तथा घरदैलो कार्यक्रममा पनि जनताको उपस्थिति कम देखिएको अवस्था छ। र यो अवस्था पक्कै पनि आगामी दिनका लागि राम्रो मान्न सकिँदैन,” ठाकुर भन्छन्।
“मधेशका जनतामा अधिकांश नेताहरूप्रति वितृष्णा सुरु भएको छ। अहिले नेताहरूले बोल्नेभन्दा अब जितेर गएपछि केही गरेर देखाउनु पर्ने अवस्था छ। ” 
उनका अनुसार आफ्ना प्रतिद्वन्द्वी खुट्टा तान्ने , एक अर्काको खेदो खन्ने दलहरूको प्रवृत्ति जनताले रुचाएका छैनन्।  “यस्ता सङ्कीर्ण भावना राख्ने तत्त्वलाई जनताले यसपालि ठेगान लगाउने छन्,” उनी थप्छन्।
यस पटक तराई केन्द्रित दलभित्रको विभाजनले चुनावी परिणामलाई समेत प्रभाव पार्ने राजनीतिक विश्लेषक चन्द्रकिशोरको आकलन छ। 
उनले बीबीसस्सँग भने,  “तराई मधेशमा अब आफ्नो पनि प्रतिनिधित्व हुनुपर्छ भनेर हाल तराईमा दलित समुदाय, पिछडिएका समुदाय लगायतका समुदायबाट पनि स्वतन्त्र भए पनि उम्मेदवारी दिने क्रम बढेको अवस्थालाई सकारात्मक रूपमा लिन सकिन्छ र जनता आफ्नो अधिकार प्रति जागरूक भएको भन्न सकिन्छ।”
सामाजिक सञ्जाल लगायत चोक चोकमा हुने चिया चर्चामा पनि कस्तालाई भोट हाल्ने भन्नेबारे खुलेर कुरा बहस हुन थालेका छन् । “हाल गठबन्धन गरे पनि आफू प्रधानमन्त्री हुँदा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले प्रचण्डको टाउकोको मोल तोकेका थिए,” चन्द्रकिशोर थप्छन्।

“कुनै समय जसपा अध्यक्ष उपेन्द्र यादवले एमाले अध्यक्ष केपी ओलीको विरोध गरे पनि हाल त्यही पार्टी सँग मिलेर गएका छन्।” 
“यसले खास गरी तराई केन्द्रित निर्वाचन मात्र नभई तराई मधेशको राजनीतिमै असर पार्छ त्यो असर सकारात्मक वा नकारात्मक के हुन्छ भन्ने आगामी दिनमा मात्रै हेर्न पाइनेछ।”

विश्लेषक चन्द्रकिशोरका अनुसार,  गठबन्धनलाई तराइका मतदाताले दुई किसिमले हेरिरहेका छन्। तराई केन्द्रित दलले अन्य ठूला दलसँग गरेको गठबन्धनका कारण उनीहरूले उठाएको मुद्दामा बल पुग्ने एक थरीको विश्लेषण छ भने अर्को थरीले  मधेशमा फेरी ठूला दल कै हालीमुहाली हुनसक्ने चिन्ता गरेका छन्। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार