२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधि तथा प्रदेशसभा निर्बाचन 

गृहमन्त्री खाँण भन्छन  : " अध्ययनमा  गठबन्धनले १३१ क्षेत्रमा जित्ने रिपोर्ट "  

'२३ सिटमा प्रतिश्पर्धा,  एमाले २१ सिटमा मात्रै अगाडि रहेकोे अध्ययनले देखाएको खुलासा' 

शनिवार , कार्तिक २६, २०७९

बुटवल, कात्तिक । आगामी मंसिर ४ हुने  निर्वाचनमा कांग्रेससहितको ५ दलीय गठबन्धनले प्रतिनिधिसभामा १३१ सिट जित्ने सुनिश्चित भइसकेको  गृहमन्त्री बालकृष्ण खाँणले  दाबी गरेका छन् ।
नेपाल दलित संघले आज,  शनिबार,  आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री खाँणले  भने, सत्ता पक्ष र विपक्ष गठबन्धन गरेर निर्वाचनमा होमिएका बेला प्रारम्भीक प्रक्षेपणका लागि गोप्य तर, निकै भरपर्दो माध्ययमबाट अध्ययन गरिएको बताए । उनले २३ क्षेत्रमा पनि प्रतिस्पर्धामा गठबन्धन भएकाले केही मेहनत गरे जितिने जिकिर गरे ।
गृहमन्त्री खाँणले प्रतिस्पर्धी दल एमाले भने २१ निर्वाचन क्षेत्रमा मात्रै अगाडि रहेको उनले दाबी गरे । ‘गोप्य अध्ययनले १३१ क्षेत्रमा गठबन्धन विजयको माला पहिराउने गरी अगाडि देखिएको छ । थप २३ क्षेत्रमा पनि प्रतिस्पर्धीका रुपमा गठबन्धन देखापरेको छ’ उनले भने, ‘तर यसअघिको ठूलो दल एमाले २१ निर्वाचन क्षेत्रमा मात्रै अगाडि छ ।’
एमाले अग्रगामी पार्टी भए पनि पश्चगमनको साथ लाग्दा उसलाई घाटा लागेको उनले बताए । गृहमन्त्री खाँणले गठबन्धन आगामी ५ वर्षसम्म टिक्ने भन्दै अबको ५ वर्ष विकास के हुन्छ भनेर देखाउने बताए ।
‘व्यवस्था फेरियो तर, नागरिकको अवस्था फेरिएन । अबको ५ वर्ष हामी नागरिकको चाहना र आवश्यकता अनुसारको विकास गरेर देखाउने छौं।’ रुपन्देही ३ का उम्मेदवारसमेत रहेका खाँणले अबको विकास मानवीय र सामाजिक विकासमा केन्द्रित हुने पनि बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार