२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधि तथा प्रदेशसभा निर्बाचन 

अध्यक्ष दाहालले भने : “चुनाव आएपछि ओली राष्ट्रवादको कुरा गर्दै गोहीका आँसु चुहाउँछन्”

मेरै प्रस्तावमा ओली दुइ पटक प्रधानमन्त्री, अध्यक्ष दाहाल :   "अब प्रधानमन्त्री बन्ने सम्भावना  छैन "

बुधवार , कार्तिक २३, २०७९

 

काठमाडौँ, कात्तिक ।  पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले नै प्रस्ताव गरेर एमाले अध्यक्ष ओलीलाई दुइ पटक प्रधानमन्त्री बनाएको बताएका छन ।

आज दार्चुलाको गोकुलेश्वरमा सत्ता गठबन्धनले आज दार्चुलाको गोकुलेश्वरमा चुनावी सभालाई सम्बोधन गर्दै उनले  भने, ओली अब प्रधानमन्त्री बन्ने सम्भावना  छैन ।

पहिलो पटक संविधान बनाउन सहमत गराउन र दोस्रो पटक वाम एकताको प्रस्तावसहित ओलीलाई प्रधानमन्त्री बनाएको अध्यक्ष प्रचण्डको भनाइ थियो ।

भूमि फिर्ताका विषयमा उनले नक्सा मात्रै बनाएर नहुने भन्दै भारतसित कूटनीतिक तवरबाट पहल गर्नुपर्नेमा जोड दिए ।  “चुनाव आएपछि ओलीले राष्ट्रवादको कुरा गर्दै गोहीका आँसु चुहाउँछन्”, उनले भने, “प्रतिगमनलाई हराउन गठबन्धन बनाएका हौँ ।”

सत्ता गठबन्धनबाट दार्चुलामा प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू हुनुहुन्छ । उहाँसँगको प्रतिस्पर्धामा एमालेका नेता एवं पूर्वमन्त्री गणेशसिंह ठगुन्ना रहेका छन ।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार