२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपाली कांग्रेस

पार्टीको निर्णय नमान्ने ७६ नेता तथा कार्यकर्ता निष्काशन : 'अभिलेखबाट हटाउन निर्देश'

मंगलवार , कार्तिक २२, २०७९


 
काठमाडौँ, कात्तिक  । नेपाली कांग्रेसले पार्टीका ७६ जना नेता कार्यकर्तालाई कारबाही गरेको छ । आगामी मङ्सिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, २०७९ मा नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेको उम्मेदवारविरुद्ध उम्मेदवार भएका र त्यस्ता उम्मेदवारको प्रस्तावक वा समर्थक भएकालाई कारबाही गरिएको अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुङ्गानाद्धारा आज जारी  विज्ञप्तिमा उल्लेख छ ।
नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ४ (क) बमोजिम ५ (पाँच) वर्षका लागि ती नेता कार्यकर्तालाई कारबाही गरिएको विज्ञप्तिमा उल्लेख छ । ती नेता कार्यकर्तालाई सदस्यता समेत नरहने गरी पार्टीको अभिलेखबाट हटाउन निर्देश गरिएको छ । 
बागी, निजका प्रस्तावक एवं समर्थक र अन्य पार्टीमा गई उम्मेदवार भएकाको नामावलीसमेत अभिलेखबाट हटाइने पार्टीले जनाएको छ । 
त्यस्ता नेता, कार्यकर्ताको सूचना तत्काल केन्द्रीय अनुशासन समितिमा पठाइदिन समेत निर्देश गरिएको संयोजक ढुङ्गानाले बताए । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार