२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधि तथा प्रदेशसभा निर्बाचन 

नेता सिटौलाले भने : ' लोकतन्त्र र गणतन्त्रप्रति प्रतिबद्ध जनमत आफूप्रति आकर्षित '

सोमवार , कार्तिक २१, २०७९


झापा, कात्तिक । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले चन्द्रगढीस्थित अलपत्र गिरिजाप्रसाद स्मृति सभागृह (जीपी सभागृह) को निर्माणलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन । आज भद्रपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले जीपी स्मृति सभागृहको निर्माण आफ्नो चुनावी प्रतिबद्धताको पहिलो सूचीमा रहेको बताएका हुन ।

झापा, ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका सिटौलाले भने, जीपी सभागृह निर्माण मेरो पहिलो प्राथमिकता हो । सात वर्षअघि झापा सदरमुकाम चन्द्रगढीको मध्यभागमा निर्माण थालिएको गिरिजाप्रसाद स्मृति सभागृह अहिले अलपत्र अवस्थामा छ ।

२०७२ असार २८ गते तीन जना पूर्वप्रधानमन्त्री सुशील कोइराला, केपी शर्मा ओली र पुष्पकमल दाहालले सभागृहको संयुक्त शिलान्यास गरे ।

दुई वर्षमा निर्माणकार्य सम्पन्न हुने भनिए तापनि अहिलेसम्म सभागृह अधुरै मात्र छैन, राज्यको पुनः संरचनापश्चात सो सभागृह स्थानीय, प्रदेश र सङ्घीयमध्ये कुनै पनि सरकारलाई हस्तान्तरण नगरिँदा यसको निर्माण कार्यमा अघि बढ्न सकेको छैन ।

सो सभागृह निर्माणका लागि रु १२ करोड ७२ लाखमा ठेक्कासमेत लगाइएको थियो । निर्वाचन क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग सिटौँलाको चुनावी प्रतिस्पर्धा छ ।

सिटाैलालाई माओवादी र एकीकृत समाजवादीसहितको गठबन्धनको साथ छ भने लिङ्देनलाई एमालेको समर्थन छ । यसपाली सिटाैलाले लोकतन्त्र र गणतन्त्रप्रति प्रतिबद्ध जनमत आफूप्रति आकर्षित भएको जिकिर गर्दै चुनाव जित्ने दाबी गरेका छन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार