विकास, शान्ति र समृद्धिका लागि दलबीच गठबन्धन गरिएको गृहमन्त्री बालकृष्ण खाँणले बताएका छन् । उनले पाँच दलीय गठबन्धन्को लुम्बिनी प्रदेशस्तरीय संयुक्त प्रशिक्षण कार्यक्रममा बोल्दै भने, 'अब चुनावपछि स्थानीय तहदेखि संघ, प्रदेश गरी ३ तहमै गठबन्धनको सरकार बन्छ ।
उनले थपे, गठबन्धनलाई जिताउनुस्, तपाईंले रोजेको र खोजेको जस्तो काम गरेर देखाउँछौं ।' गृहमन्त्री खाँणले लोकतन्त्र रक्षा र रोजगारयुक्त्त देश बनाउने आफूहरुको प्रमुख लक्ष्य रहेको बताए।
शान्ति सम्झौतादेखि संविधान निर्माण र अहिलेसम्मको अवस्थामा जनताले दलीय सहमति र सहकार्य खोजेकाले अहिले प्रतिगमनविरुद्ध पनि दलहरु एक भएर चुनावमा गएको उनले बताए । कांष्रेस नेता खाँणले देशलाई दुर्घटनामा पर्न नदिन पनि यो पाली गठबन्धनलाई जिताउनु पर्ने बताए ।