२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेकपा मसाल पार्टी

महामन्त्री मोहनविक्रम सिंहले भने : " लोकतन्त्र बचाउनका लागि गठबन्धन गरिएको हो "

'गठबन्धन दलले हैसियतभन्दा बढी सिट माग गरेकाले आगामी प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा सिट बाँडफाँटमा सहमति हुन सकेको छैन'

मंगलवार , आश्विन ४, २०७९


काठमाडौँ, असोज । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले लोकतन्त्रको रक्षाका लागि पाँच दलीय गठबन्धन गर्नुपरेको बताएका छन ।प्रगतिशील पत्रकार सङ्घ अर्घाखाँचीले सन्धिखर्कमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सत्ता गठबन्धनमा रहेका दलले हैसियतभन्दा बढी सिट माग गरेकाे बताए  । 

कारण आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धनबीच सिट बाँडफाँटमा सहमति हुन नसकेको बताए । अब छिट्टै सिट बाँडफाँटको टुङ्गो पाँच दलीय गठबन्धनले गर्ने नेता सिंहको भनाइ थियो ।

उनले नेकपा (एमाले) ले संसद् विघटन गरेर प्रतिगमनकारी काम गरेको आरोप लगाए ।   प्रतिगमनकारी र राजावादीहरूले राजा फर्काउन सकिन्छ की भनेर विभिन्न कार्यक्रम गरिरहेको उनको भनाइ थियो ।  आजको दिनमा प्रतिगमनको खतरा १७ साल वा ५९ सालमा भन्दा पनि गम्भीर भएको उनले बताए ।  

देशमा प्रतिगमनको खतरा भएको समयमा देशका सबै दल एकै ठाउँमा बसेर सङ्घर्ष गरेको स्मरण गर्दै नेता सिंहले एमालेको प्रतिगमनका विरुद्ध गठबन्धन गर्नुपरेको बताए ।  
गत स्थानीय निर्वाचनमा आफूहरुले इमान्दारी प्रस्तुत गरेको दाबी गर्दै नेता सिंहले भने,  “बरु जनमोर्चा हार्न तयार भयो तर एमालेसँग तालमेल गरेन, तर कांग्रेस र माओवादीले ठाउँठाउँमा एमालेसँग तालमेल गरे ।”

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार