२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपाली कांग्रेस 

केन्द्रीय सदस्य पौडेलले भने : 'कांग्रेसले गरेका कामबारे जनतालाई सुसूचित गर्नुपर्छ' 

शनिवार , भाद्र ११, २०७९

 
गण्डकी, भदौ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेपाली कांग्रेसको नेतृत्वमा भएका कामबारे जनतालाई सुसूचित गर्नुपर्ने बताएका छन ।  नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको कार्यालयमा आज आयोजित कार्यक्रममा कांग्रेसको नेतृत्वमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा धेरै काम भए पनि ती विषयलाई जनतामाझ पु¥याउन नसकिएको बताए । 

गण्डकी प्रदेशको समग्र विकासको खाकासहित कांग्रेस गण्डकी प्रदेशले अघि सारेको अवधारणापत्र अन्य प्रदेशका लागि पनि अनुकरणीय हुने उनले बताए ।  दलहरूबीचको गठबन्धनलाई योजना र कार्यक्रमसँग जोड्नुपर्नेमा नेता पौडेलले जोड दिए । 

कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले देशको समग्र विकासका लागि कांग्रेसको नेतृत्व आवश्यक भएको बताउँदै यसका लागि नेता तथा कार्यकर्ता सक्रिय बन्नुपर्ने उल्लेख गरे ।

कांग्रेस गण्डकी प्रदेशले अवधारणापत्रसहित प्रदेशको समृद्धि र विकासका योजना अघि सारेको बताउँदै ती सङ्कल्पलाई पूरा गर्नका लागि निर्वाचनमा विजयी बन्नुपर्ने  बताए ।  कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार