२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

जनताका माँझमा कांग्रेस अभियान

नेता डा. कोइरालाले भने : ' गठबन्धन गर्दा कांग्रेसले सय सिटभन्दा कम गरे अर्थहीन '

शनिवार , भाद्र ११, २०७९


विराटनगर, भदौ ।  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी निर्वाचनमा कांग्रेसले एक सय सिटभन्दा कम लिएर गठबन्धन गर्नुको अर्थ नहुने बताएका छन् । उनले कांग्रेसले एक सय सिटभन्दा कम सिट लिएर निर्वाचनमा आज, शनिबार,  मोरङ क्षेत्र ६ कांग्रेसको सभालाई सम्बोधन गर्दै भने, 'गठबन्धन दलले कांग्रेसको संगठन कमजोर भएको भनेर नबुझ्नुस् ।' 
' अहिले देशको प्रतिकूल अवस्था रहेकाले गठबन्धनलाई स्वीकारेर निर्वाचनमा जानु परेको हो । तर कांग्रेस कमजोर छैन, एक्लै पनि निर्वाचनमा जान सक्षम छ', उनले भने, तर परिस्थिति अनुकूल नभएकाले गठबन्धनमा जानू हाम्रो लागि बाध्यता हो ।' नेता कोइरालाले गठबन्धनका अन्य पार्टीले दाबी गर्दैमा कांग्रेसको प्रभाव भएका कुनै पनि क्षेत्र छोड्न नसकिने स्पष्ट पारे ।
गठबन्धन दलले दाबी गर्दैमा त्यस्तो सिट छोडिहाल्ने भन्ने हुदैन । त्यहाँ कसको संगठन कस्तो छ ? जित्ने आधार कति छ ? सबै कुराको लेखाजोखा हुन्छ, र तबमात्रै सिटको बाँडफाँट हुने हो, नेता कोइरालाले भने ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार