२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपाली कांग्रेस

महामन्त्री थापाले भने : 'आदिवासी राज्यको मूल प्रवाहमा ल्याउनुपर्छ'

सोमवार , श्रावण २३, २०७९


काठमाडौँ,  साउन  । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आदिवासी जनजाति समुदायको उत्थान प्रवद्र्धन गरी उनीहरूलाई राज्यको मूल प्रवाहमा ल्याउनुपर्ने बताएका छन ।  विश्व आदिवासी दिवसका अवसरमा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घले आज यहाँ आयोजना गरेको ‘विश्व आदिवासी दिवस विशेष भेला’ मा उनले  भने, 'नेपालको राष्ट्रियताको आन्दोलनमा आदिवासी भूमीका महत्वपूण छ । ' 
महामन्त्री थापाले नेपालको जातजाति, भाषाभाषी, संस्कृतिको विकास नभएसम्म मुलुक समृद्ध नहुने भन्दै समानुपातिक समावेशिताको नीतिअनुरुप नेपालको विकास र समृद्धिको यात्रालाई अघि बढाइनुपर्नेमा जोड दिए । 
उनले कांग्रेसका आदर्शवादी नेता भीमबहादुर तामाङको ‘पहिचान भेटिने र जातीय द्वन्द्व मेटिन’ नारालाई आत्मसात् गरेर जनजाति आन्दोलनलाई अघि बढाउनुपर्ने खाँचो औँल्याउँदै सङ्गठनलाई क्रियाशील बनाएर विचार निर्माण गर्ने नयाँ अभियानमा भूमिका खेल्न आग्रह गरे । नेपालको आदिवासी आन्दोलनमा कांग्रेसको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै महामन्त्री थापाले कांग्रेसको स्थापना र प्रजातान्त्रिक आन्दोलनका दौरानमा आदिवासी जनजाति समुदायको ठूलो योगदान रहेको  उल्लेख गरे ।  
नेता थापाले आगामी मङ्सिर ४ गते घोषित आम निर्वाचनमा पार्टीलाई बलियो बनाउन आवश्यक तयारीस्वरुप यही साउन ३० र ३१ गते देशभरका स्थानीय तहका प्रमुखलाई राजधानी बोलाएर प्रक्षिण दिइने तथा भदौ २ गते देखि २४ गतेसम्म कांग्रेसका सबै नेतालाई जिल्लामा पठाउने पार्टीले निर्णय गरेको पनि जानकारी दिएका छन । 
कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देबेले आदिवासी जनजाति समुदायको उत्थान प्रवद्र्धन र हकहितका विषयमा सबै आदिवासी समुदाय एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए ।  उनले आगामी निर्वाचनमा बढीभन्दा बढी जनजाति समुदायको प्रतिनिधित्व सुनिश्चित गराउन पनि सबै सक्रिय हुनुपर्ने धारणा राखेका छन । 
कार्यक्रममा कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले जातीय विविधता र संस्कृति नेपालको पुँजी हो भन्दै समानता र समावेशीकरणको सिद्धान्तअनुरुप आदिवासीको हित प्रवद्र्धनमा सबै जुट्नुपर्ने बताए । 
प्रवक्ता डा. महतले कांग्रेस हरेक नागरिकको अधिकार र लोकतान्त्रिक मूल्यमान्यतासहितको कानुनी शासनप्रति विश्वास राख्ने पार्टी रहेको भन्दै नेपालको पहिचानका रुपमा रहेकारे । 
कांग्रेस बागमती प्रदेशका महामन्त्री राजु श्रेष्ठले नेपाल सबै जातजाति र समुदायको साझा फूलबारी भएको भन्दै राज्यबाट प्राप्त हुने सएका छन । 
कांग्रेस नेता दिलमान पाख्रिनले कांग्रेसले आदिवासी जनजातिलाई समेटेर पहिचान भेटिने र द्वन्द्व मेटिनेगरी अधिकार र पहिचानको मुद्दालाई प्रभावकारीरुपमा अघि बढाएको उल्लेख गरे । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार