काठमाडौँ, साउन । चालू आवको बजेट निर्माणमा गैर सम्बन्धित ब्यक्तिको प्रबेशबारे बिबाद सल्टिएपछि नेकपा माओवादी केन्द्रले अर्थमन्त्रीमा कसलाई पठाउने भन्ने विषयमा स्थायी कमिटी बैठकमा आज छलफल गर्दैछ । बैठक आज, आईतबार, दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बने भएको छ ।
बैठकमा संसदीय छान आरोप पुष्टि नभएकाले माओवादीले फेरि शर्मालाई नै अर्थमन्त्रीको रुपमा पठाउने कि अर्को व्यक्तिलाई पठाउने भन्ने निर्णय गर्नसक्ने सम्भावना रहेको छ ।
अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा बोलाएर करको दर हेरफेर गराएको आरोप लागेपछि शर्माले गत असार २२ गते सभामुख अग्नि सापकोटाले छानविन विशेष समिति गठन गरेका थिए । सोही दिन अर्थ मन्त्री पदबाट शर्माले राजीनामा दिएका थिए ।
संसदीय छानविन विशेष समितिले १७ दिन लगाएर तयार पारेको प्रतिवेदनमा करको दर हेरफेर प्रकरणमा अनधिकृत व्यक्तिको संलग्नता पुष्टि नभएको निष्कर्ष छ । त्यसैले अब फेरि शर्मा नै अर्थमन्त्रीको रुपमा फर्किन्छन् वा माओवादी केन्द्रले अर्को व्यक्तिलाई अर्थमन्त्री बनाउँछ भन्ने चासो छ ।
यसअघि गत असार २२ गते संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै माओवादी नेता वर्षमान पुनले, शर्मा दोषी नदेखिए उनी नै पुनः अर्थमन्त्री बन्ने बताएका थिए । यस सम्बन्धमा आज दिउँसो बोलाइएको माओवादी स्थायी कमिटी बैठकमा छलफल हुने सम्भावना छ ।
माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले भने आजको बैठकमा स्थायी कमिटी र पोलिटव्युरो पूर्णता लगायतका विषयमा छलफल हुने सञ्चारकर्मीलाई बताएका छन् ।