२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

माओबादी अध्यक्ष दाहाल भारतमा

सचिवालय भन्छ : 'प्रधानमन्त्री नरेन्द्र मोदीसँग आइतबार भेटको तयारी छ' 

'भाजपासँग सम्बन्ध विस्तारका लागि भारत भ्रमणमा आएको हुँ, दुबै सत्तारुढ भएकाले भ्रमणबाट दुबै देशको हित हुन्छ'

शुक्रवार , आषाढ ३१, २०७९

 

नयाँ दिल्ली, असार ।  नेकपा मा‌ओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) सँग 'पार्टी टु पार्टी' सम्बन्ध विस्तारका र सरकार तहमा देशको हितमा कूटनीतिक कुराकानी गर्न भारत भ्रमणमा आएको बताएका छन् ।  
दिल्ली ओर्लिए लगत्तै अध्यक्ष दाहालले सञ्चारकर्मीसँग भने,  'भाजपा र माओवादी केन्द्र दुवै सत्तारुढ पार्टी भएकाले पार्टी तहका नेताहरुबीच छलफलले पार्टीसँगै देशको सम्बन्ध सुदृढ बनाउछ ।'
यता भाजपा र उता हामी दुवै सत्तारूढ पार्टी हौं, पार्टी तहमा नेताबीचको छलफलले पार्टीसंगै देशकै सम्बन्धलाई थप सुदृढ़ बनाउँछ, उनले भने, दिल्लीमा रहँदा भाजपाका नेताहरू र सरकारी अधिकारीहरूसँग मेरो भेटघाट हुनेछ ।
प्रधानमन्त्री नरेन्द्र मोदीसँग आइतबार भेटको तयारी रहेको दाहालको सचिवालयले जनाएको छ । दाहाल भाजपा अध्यक्ष जेपी नड्डाको निम्तोमा तीन दिने दिल्ली भ्रणमा रहेका छन् ।उहाँले करिब डेढ महिना पहिले नै निम्तो पठाउनु भएको थियो । दाहालले भने. 'अहिले समय मिल्यो । यता आएको बेला सरकारी तहमा छलफल हुने नै भयो ।' 
दाहाललाई शुक्रबार साँझ विदेश सचिव विनयमोहन क्वात्रा र शनिबार विदेश मन्त्री एस. जयशंकरले उनी बसेको ताजमानसिंह होटलमा भेट्दैछन।
विमानस्थलमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले र विदेश मन्त्रालयका नेपाल डेस्क हेर्ने प्रमुख अनुराग श्रीवास्तव दाहाललाई स्वागत गरेका थिए । यसले भ्रमणलाई भाजपा र भारत सरकार दुवैले महत्त्व दिएको देखिन्छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार