२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपाली कांग्रेस

पदाधिकारी बैठक आज बस्दै : 'केन्द्रीय समिति बैठकको तयारीका सन्दर्भमा छलफल हुने'

शनिवार , आषाढ २५, २०७९

 

काठमाडौँ, असार ।  नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन् ।

सोमबार बस्ने केन्द्रीय समितिको बैठकको तयारीका सन्दर्भमा छलफल गर्न सभापति देउवाले आइतबार दिउँसो १ बजे बस्ने गरी पदाधिकारी बैठक बोलाएका हुन्।

बैठकमा केन्द्रीय कार्यसमितिका प्रस्ताव तय गर्ने र ती विषयमा पदाधिकारी तहमा सहमति जुटाउने प्रयास हुने एक नेताले बताए।

बैठक सानेपास्थित केन्द्रीय कार्यालयमा बस्नेछ।कांग्रेसले स्थानीय चुनावको समीक्षा गर्न सोमबार दिउँसो १ बजेका लागि केन्द्रीय कार्यसमितिको बैठक राखेका छन्। बैठकमा भ्रातृ तथा शुभेच्छुक संस्थाको विधान पारित गर्ने तथा नयाँ संस्थाहरूलाई मान्यता प्रदान गर्ने एजेन्डासमेत रहेको छ ।

बैठकमा सभापति देउवासहित उपसभापति, महामन्त्री र सहमहामन्त्रीहरु सहभागी हुनेछन । १४ औं महाधिवेशनपछि कांग्रेसले कोषाध्यक्ष भने मनोनीत गरेको छैन।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार