२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेकपा माओवादी केन्द्र बैठक

माओवादी बैठक आज बस्दै  : 'बैठकमा उठेका नेताका प्रश्नको जवाफ प्रचण्डले दिदै'

बुधवार , आषाढ २२, २०७९

 

काठमाडौं, असार  । नेकपा  (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आज बस्दैछ । मंगलबार स्थगित भएको बैठक आज दिउँसो १ बजे प्रज्ञा भवन कमलादीमा बस्न लागेको हो ।

आजको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ । प्रचण्डको जवाफपछि आजै बैठक सक्ने माओवादीको तयारी छ । १९ गते पहिलो दिनको बैठकमा प्रदेश इन्चार्जरअध्यक्षहरुले र २० गतेको बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राखेका थिए ।

बैठकमा सहभागीहरुले आगामी चुनावमा गठबन्धन गर्नुभन्दा एक्लै प्रतिस्पर्धा गर्नुपर्ने, गत स्थानीय तह चुनावमा भएको अन्तरघात छानविन गर्नुपर्ने र यही बैठकबाट पदाधिकारी टुंगो लगाउनु पर्ने धारणा राखेका थिए । तर अहिले स्थायी कमिटी र पोलिटव्युरो मात्र टुंगो लगाएर केन्द्रीय समिति बैठक सम्पन्न गर्ने तयारी रहेको एक नेताले बताए ।

अध्यक्ष प्रचण्डले पहिलो दिनको बैठकमा राखेको नौ एजेण्डाहरुमा पदाधिकारी, स्थायी कमिटी र पोलिटव्युरो पनि गठन गर्ने उल्लेख थियो । तर पदाधिकारीमा अध्यक्षपछिको शक्तिशाली पद महासचिवमा नेताहरुबीच हानथाप भएकाले अध्यक्ष प्रचण्डले निर्णय गर्न सकेका छैनन् ।

गत २०७८ पुस १८ गते काठमाडौंमा सम्पन्न आठौं महाधिवेशन अध्यक्षमा प्रचण्डलाई नै निरन्तरता दिंदै सम्पन्न भएको थियो । तर अन्य पदाधिकारीहरु अहिलेसम्म पनि चयन गरिएको छैन ।

आठौं महाधिवेशनले पारित गरेको विधानमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष सहितको पदाधिकारी रहने व्यवस्था छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार