२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

बागमती मुख्यमन्त्री परिवर्तन बिबाद

अध्यक्ष नेपालले भने : 'वाग्मतीमा मुख्यमन्त्री परिवर्तन गठबन्धनको निर्णयपछि मात्रै' 

शनिवार , आषाढ १८, २०७९

काठमाडौँ, असार । बागमती प्रदेशको म्ख्यमन्त्री परिवर्तन गर्ने बिषयमा उठेको बिबादबारे बोल्दै नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठनबन्धनको निर्णय नहुन्जेल परिवर्तन नहुने बताएका छन् ।

आज शनिबार काठमाडौंमा भएको एकीकृत समाजवादीको वाग्मती प्रदेश संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धनको निर्णय अनुसार अहिलेको संघीय र सबै प्रदेशको सरकारको निर्माण भएको भन्दै नेतृत्व परिवर्तन गर्नुपरे गठबन्धनको बैठकबाट हुने बताए ।

गठबन्धनको निर्णय अनुसार संघ र सबै प्रदेशमा सरकार बनाएको हो । गठबन्धनले बनाएको सरकार हो गठबन्धनले मुख्यमन्त्री हट्नुपर्छ भनेर निर्णय गरेको छैन । त्यसैले अहिले छाड्नु पर्दैन ।

गठबन्धनबाट निर्णय भयो भने छाड्ने कुरामा हामी प्रतिबद्ध छौं, नेपाललाई उद्धृत गर्दै एक सांसदले बताएका छन ।नेपाली कांग्रेस तथा नेकपा माओवादी केन्द्रले भने पूर्वलिखित सहमति अनुसार वाग्मती प्रदेशको नेतृत्व कांग्रेसले पाउनुपर्ने बताएका छन् । उनीहरुले पूर्व सहमतिअनुसार कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँलाई मुख्यमन्त्री बनाउनुपर्ने  पनि बताए ।

सहमति कार्यान्वयनका लागि दुवै दलका सांसदले हस्ताक्षर संकलनसमेत गरेका छन् । तर एकीकृत समाजवादी उपाध्यक्ष तथा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले भने प्रदेश सरकार गठनसहितको विषयमा केन्द्रले निर्णय गरेको भन्दै त्यसैअनुसार गर्नुपर्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार