२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

  नेपाली कांग्रेस

कांग्रेसको नीति, अनुसन्धान प्रतिष्ठान : ' प्रमुखमा उपसभापति खड्का मनोनीत'

शनिवार , आषाढ ११, २०७९

 

काठमाडौँ, असार ।  नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा उपसभापति पूर्णबहादुर खड्का मनोनीत भएका छन् । पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार उपसभापति खड्कालाई प्रतिष्ठानको प्रमुखमा मनोनयन गरेका हुन् ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै सभापति देउवाले विधानको धारा ३६ (१) (क) बमोजिम उपसभापति खड्कालाई केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा मनोनीत गरेको जानकारी दिए।

त्यस्तै, सभापति देउवाले दुई वटा भ्रातृ संस्थाको अध्यक्षसमेत मनोनयन गरेका छन्। सभापति देउवाले शुक्रबार नेपाल किसान संघको अध्यक्षमा गणेश तिमिल्सिना र नेपाल आदिवासी जनजाति संघको अध्यक्षमा ओमबहादुर घर्ती मगरलाई नियुक्त गरेका हुन् ।

यसअघि बसेको पार्टीको केन्द्रीय समिति बैठकले नेतृत्वबिहीन रहेका भ्रातृ संस्थाका पदाधिकारी नियुक्ति गर्ने अधिकार सभापति देउवालाई दिएको थियो।

मुख्यसचिव पौडेलकाअनुसार पार्टी विधानको धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएका पार्टी भ्रातृ संघहरूको अध्यक्ष पदमा उनीहरूलाई नियुक्त गरिएको हो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार