२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेकका संस्थापकलाई गुण्डा लगाएर पन्छाईयो : 'कब्जा गर्ने हरिकृष्णबाट अवौं भ्रष्टाचार, आफै जोगिन गलत प्रचारमा'

मंगलवार , माघ ४, २०७८

भक्तपुर, माघ । नेपाल इन्जिनियरिङ्ग कलेजमा चारवर्ष अध्यक्ष भएका लम्वोधर न्यौपानेले ६४ करोड अनियमितता गरेको भन्दै कुर्लिनेहरुले अर्वभन्दा बढि कुम्लाएको खुल्न आएको छ । 
कलेजलाई संस्थापकहरुलाई बाइपास गर्दै कब्जा गरेर बसेकाहरुले पछिल्लो पाँच वर्षमा कलेजको अर्वभन्दा बढि सम्पत्ती कुम्लाएको खुल्न आएको हो । 
आफूले कुम्लाएको रकमको खुलासा हुने डरले उनीहरु विभिन्न स्थानमा संस्थापकहरुको गलत प्रचारमा जुटेको समेत खुल्न आएको छ । केहि दिन अगाडी कलेज कव्जा गरेर बसेकाहरुले कलेज सार्वजनिक सम्पत्ती भएको भन्दै कलेजका हालसम्मका पनि अध्यक्षले रकम हिनामिना गरेको भन्दै पत्रकार सम्मेलन गरेका थिए । 
कलेज सञ्चालकका अनुसार, उनी आफै प्रिन्सिपल रहेका  छन । उक्त समयमा आफूले  पनि हस्ताक्षर गरी निकासा भएको कलेजको रकमको विल भर्पाइ आफै लुकाए, अहिले गलत तथ्य बनाई उनले संस्थापकलाई गलत व्याख्या गर्दै आएका छन । सञ्चालक भन्छन,  अध्यक्ष न्यापानेले चार बर्ष चलाउँदा  कलेज खचर्  गरेर बाँकी ३० कराेड  कलेजको 'लोन' तिरे, २० करोड खातामा थियो, अहिले त्यो खाताको पैसा छैन, अनि उनले चार बर्ष चलाउँदा भएको आम्दानी किन देखाउँदैनन्, त्यो विवरण  देखाउनुपर्छ कि पर्दैन ? 
इन्जिनियरिङ्ग कलेजका प्रिन्सिपल हुन उनी । त्यसमाथी पनि  उनी आफै नक्कली इन्जिनियर भएको खुलिसकेको छ । यसलाई ढाकछोप गर्न उनी विभिन्न शक्ति केन्द्रमा मोटो रकम लिएर धाउने गरेको खुल्न आएको छ भने काउन्सिललाई पनि  प्रभावमा पारी रोकेर राखेका छन । 

images

 यसको प्रमाण 

nec letter.jpg

उनले लामो समयसम्म कलेज कव्जा गरी कलेजको उठेको रकम बैंकमा समेत जम्मा नगरी आफ्नो पोल्टामा पारेका हरिकृष्ण लगाएतका गुटले आफ्नो पोल खुल्ने भएपछि संस्थापकलाइ आधार बिनाका तथ्य बोकेर विभिन्न लान्छना लगाउँदै मिडियाबाजी गर्दै हिडेको खुल्न आएको हो । 
उनले केहि दिन अगाडी गरेको पत्रकार सम्मेलनको विषयमा खोजी गर्दै जाँदा न्यौपानेभन्दा बढि उनी कलेजमा प्रिन्सिपल भएर रकम कलम चलाएको खुल्न आएको  उनले बताए ।  
सञ्चालकका अनुसार, यसरी हेर्दा न्यौपानेको विरुद्दमा  उनले  ६४ करोडको आरोप लगाएका छन । निज श्रेष्ठले  चलाएपछि भने त्योभन्दा बढि रकम कलेजमा जम्मा हुनुपर्ने हो । यो उनले नै बोकेको अमधार हेर्दा देखिनुपर्छ । तर जुन कहिँ कतै छैन । 
यसको मतलव न्यौपानेविरुद्द गलत आरोप लगाईएको प्रस्ट हुँदा २२ सय विद्यार्थी  अध्ययन गर्दै आएको कलेजमा चार वर्षमा ६४ करोड नै हिनामिना हुने गरी आम्दानी हुन्छ भने उनी कलेजभित्र नै प्रवेश नगर्दा पनि उक्त रकमको आम्दानी कलेजमा हुने गरेको प्रस्ट हुन्छ । 
यसरी हेर्दा कलेजमा हाल प्रिन्सिपल भनी कलेज नै कव्जा गरी बसेका हरिकृष्ण श्रेष्ठलगाएतका टिमलाई पनि अख्तियारले नियन्त्रणमा लिएर अनुसन्धान गर्नुपर्ने आवश्यकता रहेको छ । 
कलेजलाई ३५ करोडभन्दा बढि लोन मा डुवाएर भागेकापछि कलेजको लोन तिरी नाफामा गएपछि आफ्नो भाग खोज्दै आएका र उनीहरुले भने जस्तो हिनामिना गर्न नपाएपछि तथाकथित केहि समूह बनाई कलेज सार्वजनिक भएको भन्दै कलेज नै हड्प्ने दाउमा लागेको समेत खुल्न आएको छ । 
कलेजबाट २०७५ साल २ महिना ८ गते नै निस्कासन गरि सकेको हरिकृष्ण श्रेष्ठ लगाएतका टिम कलेज नै कव्जा गरी संस्थापकलाई बाइपास गर्दै आएका छन् । 
उनी लगाएत केहि चुल्ठे मुन्द्रेहरु मिलेर कलेज कव्जा गरी अनावश्यक मुद्दा मामिलामा फासाउने र टोले गुण्डाहरु प्रयोग गरी संचालकलाइ कलेजमा प्रवेशसम्म पनि गर्न नदिने गर्दै लामो समय देखि कलेजमा हिनामिना गर्दै आएको खुल्न आएको हो । 
कलेज नै सार्वजनिक संस्था हो भन्दै आएका उनीहरुले गरेको दावी समेत झट भएको खुल्न आएको छ । त्रिभुवन विश्वविद्यालयबाट पहिलो निजी लगानीमा संचालित इन्जिनियरिङ्ग कलेज भनी दिएको अनुमती र सोही आधारमा सात जना संचालक मिलेर खोलेको उक्त कलेज लाई पोखरा विश्वविद्यालयले पनि सोही आधारमा सम्वन्धन दिएको खुल्न आएको छ । 
  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार