सर्लाही, पुस । जिल्लाको ब्रह्मपुरी गाउँपालिकामा सोमबारबाट एक साताका लागि विद्यालय बन्द गरिएका छन् ।
गाउँपालिकाले सोमबारदेखि पुस २६ गतेसम्म सम्पूर्ण सामुदायिक तथा संस्थागत र मदरसाहरू बन्द गर्ने निर्णय गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शिवनारायण कापरले जानकारी दिएका छन ।
बन्द भएका विद्यालय पुस २७ गतेबाट खुल्ने गाउँपालिकाले जनाएको छ ।