२०८३, मंसिर ८ गते

सोमवार, मंसिर ८ गते २०८३

प्रधानमन्त्री शाह -  भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नेपाल र भारत सम्बन्ध -  विविध पक्षका विषयमा छलफल

आइतवार , मंसिर ७, २०८३

नयाँ दिल्ली, मंसिर ।

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ। नयाँ दिल्लीस्थित होटल ताजमा उनीहरूबीच द्विपक्षीय भेटवार्ता भएको हो। उनीहरूबीच करिब आधा घन्टा छलफल भएको थियो।

छलफलमा नेपाल र भारत सम्बन्धका विविध पक्षका विषयमा छलफल भएको थियो।

प्रधानमन्त्री सचिवालयका अनुसार भेटवार्ताका क्रममा नेपाल र भारत सम्बन्धका विविध पक्ष, विशेषगरी कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा सहकार्यबारे छलफल भएको थियो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह दुई दिने राजकीय भ्रमणका लागि आइतबार नयाँ दिल्ली पुगेका हुन्। प्रधानमन्त्री शाहले सोमबार समकक्षी मोदीसँग भेट्ने कार्यतालिका छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार