नयाँ दिल्ली, मंसिर ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नयाँ दिल्ली आइपुगेका छन्। नेपाल एयरलायन्सको विमानबाट आइतबार उनी इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
प्रधानमन्त्री शाहलाई भारतका राज्यमन्त्री जितिन प्रसादले स्वागत गरे। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी दुई दिने राजकीय भ्रमणका लागि दिल्ली आएका हुन्।
उनले आजै भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गर्नेछन्। होटल ताजमा उनीहरूबीच द्विपक्षीय हितका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।