काठमाडौं, असोज ।
नेपाली कांग्रेसको सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित भएका छन्।
नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा खुलातर्फ खतिवडा र सिवाकोटी सहमहामन्त्रीमा निर्वाचित भएका हुन्।
उनीहरूका प्रतिद्वन्द्वी डिल्लीराम सुवेदी, देवेन्द्र राज कँडेल, राजिव ढुंगाना, विकास कोइराला, अमृतकुमार अर्याल, रमेशप्रसाद धमला र विमलराज क्षेत्री रहेका छन्।
त्यस्तै अन्य कलस्टरतर्फ विभिन्न पदहरूको मतगणना पार्टी कार्यालय सानेपामा जारी छ। यसअघि सभापतिमा गगन थापा निर्वाचित भएका थिए।
त्यस्तै वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र उपसभापति महिलामा पुष्पा भुसाल निर्विरोध हुँदा उपसभापति खुलामा चन्द्रकान्त भण्डारी र मधु आचार्य, समावेशीतर्फको उपसभापतिमा विनोदकुमार चौधरी निर्वाचित भएका थिए।
त्यस्तै महामन्त्री खुलामा प्रदीप पौडेल र उदय शम्शेर राणा र महिलातर्फ डिला संग्रौला निर्वाचित भएका थिए।