काठमाडौँ, असोज। नेपाली बजारमा सोमबार सुनचाँदीको भाउ घटेको छ।आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा दुई हजार एक सय र चाँदीको २५ रुपैयाँ घटेको हो।
पावाला सुनको भाउ प्रतितोला दुई लाख ९४ हजार चार सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।
यसअघि आइतबार सुनको प्रतितोला दुई लाख ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।
यता, आइतबार प्रतितोला चार हजार चार सय ४० रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ सोमबार घटेर सोमबार चार हजार चार सय १५ रुपैयाँमामा कारोबार भइरहेको छ।