काठमाडौं, असोज । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानको बेलुका ७ बजेसम्मलाई थप गरिएको छ।
दिउँसो ३ बजेसम्मको समय तोकिएकामा पछि साँझ ५ बजेसम्मको समय थपिएको थियो। कांग्रेसले सूचना जारी गर्दै फेरि बेलुका ७ बजेसम्मलाई मतदानको समय थप गरिएको जनाएको छ।
बिहान ७ बजेपछि सुरू भएको मतदानमा महाधिवेशन प्रतिनिधिहरू सहभागी भइरहेका छन्। मतदान केन्द्रमा प्रतिनिधिहरूको लामो लाइन लागेपछि मतदानको समय थप गरिएको हो।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि ७ हजार ३१७ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्दैछन्।
महाधिवेशनबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्यसहितलाई गरी २३ ओटा क्लस्टरमा मतदान गर्नुपर्ने भएकाले समय लागेको हो।