काठमाडौँ, असोज । स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको मूल्य प्रतितोला १५ रुपियाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार छापावाल सुन प्रतितोला दुई लाख ९१ हजार ५०० र त्यति चाँदीको मूल्यचार हजार ४१५ रुपियाँ कायम भएको छ ।
सोमबार छापावाल सुन प्रतितोला दुई लाख ९१ हजार ५०० र चाँदीको मूल्यचार हजार ४३० रुपियाँ कायम थियो । रासस